मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
मित्र भण्डारी काठमाडाैं
२०७६ फाल्गुण ५ सोमबार १६:०५:००
Read Time : < 1 मिनेट
समाचार

पूर्वसभामुख महरालाई रिहा गर्ने आदेश डिल्लीबजार कारागार पुग्यो, केहीबेरमा रिहा गरिँदै 

Read Time : < 1 मिनेट
मित्र भण्डारी, काठमाडाैं
२०७६ फाल्गुण ५ सोमबार १६:०५:००

सफाइ दिएलगत्तै काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागारमा रिहा गर्न आदेश पठाएको छ । रिहाइको आदेश आएसँगै उनलाई रिहा गर्ने प्रक्रिया सुरु भएको छ । 

डिल्लीबजार कारागारका प्रमुख जेलर अरूण पोखरेलले दिएको जानकारी अनुसार, केही बेरमा महरालाई जेलमुक्त हुँदैछन् । डिल्लीबजार कारागारमा राखिएका उनलाई आज दिउँसो काठमाडौं जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले सफाइ दिएको थियो । 

अदालतले फैसला सुनाएलगत्तै प्रहरीले महरालाई राखिँदै आएको डिल्लीबजार कारागार लगेको थियो । उनको रिहाइको प्रतीक्षामा ठूलो संख्यामा समर्थकहरु डिल्लीबजार कारागारअगाडि जम्मा भएका छन् । 

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोप लागेपछि १९ असोजमा पक्राउ परेका महरा पुर्पक्षका लागि थुनामा थिए । पक्राउ र अदालतमा मुद्दा दर्ता भएलगत्तै उनले सभामुख पदबाट राजीनामा दिएका थिए, भने सांसद पदबाट निलम्बमा परेका थिए । अदालतबाट सफाइ पाएसँगै महराको सांसद पदको निलम्बन फुकुवा हुनेछ ।याे पनि पढ्नुहाेस

पूर्वसभामुख महरालाई सफाइ