१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ५ सोमबार १५:४५:००
Read Time : > 1 मिनेट
समाचार

भूमिगत तार व्यवस्थापनको काम सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ५ सोमबार १५:४५:००

काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीमा प्रयोग गरिएको तारहरुलाई भूमिगत बनाउने काम सुरु गरिएको छ ।

काठमाडौं उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्र्तगतका विद्युतीय तारहरुलाई भूमिगत बनाउने काम सोमबार महाराजगञ्जबाट सुरु गरिएको हो । 

प्रधानमन्त्री ओलीले विद्युतीय वितरण प्रणालीलाई भूमिगत बनाउने कार्यलाई ‘विकासको तीब्र गति’ भनी टिप्पणी गरे । उच्चप्रविधियुक्त नयाँ कामको थालनी भएको उल्लेख गर्दै उनले यसले काठमाडौंको सौन्र्दय बढाउने विश्वास व्यक्त गरे ।

उनले निर्धारित समयमा काम सम्पन्न गर्न पनि ठेकेदार कम्पनीलाई निर्देशन दिए । समयमा काम सम्पन्न गर्नेलाई पुरस्कृत र पुरा नगर्नेलाई दण्डित गर्ने कामको सुरुवात भइसकेकाले विगतको जस्तो ढिलासुस्ती गर्ने प्रवृति दोहोरिन नहुनेमा उनले सचेत गराए ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले उज्यालोलाई विश्वासिलो र भरपर्दो बनाउने नयाँ चुनौति सँगै नयाँ कामको सुरुवात भएको बताए । विद्युत् वितरण क्षेत्र र आधुनिकीकरणमा यसलाई विश्वसनीय र भरपर्दो बनाउन भूमिगत तार व्यवस्थापन प्रणाली महत्वपुर्ण रहेको बताए । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउने कार्यले नेपाल सरकारको ‘डिजिटल नेपाल निर्माण’को अवधारणालाई साकार पार्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे । उनले सडकमा सवारी साधनको आवागमन र पैदलयात्रुलाई असर नपर्ने गरी रातको समयमा काम गरिने र सो क्रममा क्षतिग्रस्त भएको सडक १० दिन भित्र मर्मत गरिसक्निे बताए ।

प्राधिकरणका अनुसार पहिलो चरणमा महाराजगञ्ज वितरण केन्द्र अन्र्तगतको क्षेत्रहरु बालुवाटार, पानीपोखरी, बुढानीलकण्ठ, टोखा, गंगबू, सामाखुसी, महाराजगञ्ज, धापासी, बसुन्धारा, शिवपुरी , चुनीखेल, सुकेधारा, धर्मस्थली, टिचिंङ हस्पिटल लगायतका स्थानहरुमा करिब २ सय ५० किलोमिटर ११ हजार भोल्टेजको भूमिगत तार विछ्याइने छ । त्यसैगरी ४ सय भोल्टेजका ४ सय किलोमिटर अप्टिल फाइबर भूमिगत विछ्याइने छ ।

त्यसैगरी रत्नपार्क वितरण केन्द्र अन्र्तगतको क्षेत्रहरु रत्नपार्क, बागबजार, पुलतीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नयाँ बजार लगायत स्थानहरुमा करिब २ सय किलोमिटर ११ हजार भोल्टेजको भूमिगत लाईन तथा करिब ४ सय किलोमिटर ४ सय भोल्टेजको भूमिगत लाईन निर्माणको साथै करिब २ सय किलोमिटर अप्टिकल फाईबर भूमिगत विछ्याईने छ ।

विद्युत्को तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने भएकाले इन्टरनेट, दुरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले पनि सो अप्टिकल फाइबर प्रयोग गर्न सक्नेछन् ।

दोश्रो चरणमा काठमाडौंका बाँकी स्थानहरुमा अप्टिकल फाइबर भूमिगत विछ्याईनेछ । भक्तपुर तथा ललितपुरमा पनि भूमिगत तार विछ्याउनका लागि खरिद प्रक्रिया अघि बढाइएको छ ।

उपत्यकाबाहिर कास्कीको पोखरा महानगरपालिका तथा चितवनको भरतपुर महनगरपालिकाका मुख्य सडकहरुमा समेत विद्युत् वितरण प्रणाली भूमिगत गर्नका लागि अध्ययन गरी ठेक्का सम्झौता भई ठेकेदारबाट कार्य प्रारम्भ पनि भइसकेको छ । 

विद्युत् प्राधिकरणले देशै भरको थ्री फेज ग्राहकहरुको मिटर एक वर्ष भित्र स्मार्ट मिटरमा प्रतिस्थापन गर्ने जनाएको छ । आगामी दिनमा क्रमैसंग मुलुकभरका ग्राहहरुके घरमा स्मार्ट मीटर जडान गरिने पनि प्राधिकरणले जनाएको छ ।