मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७६ फाल्गुण ५ सोमबार १५:०९:००
Read Time : < 1 मिनेट
समाचार

जिल्ला कारागारमा क्षमता भन्दा पाँच गुणा बढी कैदी

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७६ फाल्गुण ५ सोमबार १५:०९:००

रुकुम पश्चिमको जिल्ला कारागारमा क्षमता भन्दा पाँच गुणा बढि कैदी राखिएकाे छ । कारागारको २० जना पुरुष र ५ जना महिला रहेको भए पनि क्षमता भन्दा अत्याधिक बढि कैदी राखिएको हो । हाल कारागारमा १ सय १८ जना पुरुष र ७ जना महिला गरी १ सय २५ जना राखिएको छ । 

कारागारमा सबैभन्दा बढि जघन्य कसुर जन्मकैद वा १० वर्ष भन्दा बढी कैद सजाय हुने कसुरमा ४ महिला र ६९ पुरुष गरी ७३ जना कैदी बन्दी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । त्यस्तै कारागारमा गम्भीर कसुर ३ देखि १० बर्षसम्म सजाय कसुरका ३२ जना र सामान्य कसुर ३ बर्ष भन्दा कम सजाय हुने कसुरका ३ महिला र १७ पुरुष गरी २० जना कैदी बन्दीहरु रहेको उनले बताए । 

भौतिक पूर्वाधार र क्षमता भन्दा बढि कैदी बन्दी हुँदा कारागारको व्यवस्थापन गर्न निकै ठिन भएको छ । यसले गर्दा खानेपानी, शौचालय प्रयोग, खेल मैदान र खेल सामग्री प्रयोग लगायतमा ठुलो समस्या भएको कारागार प्रशासनले जनाएको छ । 

२०४२ सालमा २० जना पुरुष कैदी बन्दीका लागि निर्माण गरिएका २ वटा भवन र २ भवनका ६ वटा कोठामा अहिले १ सय २५ जनालाई अटाउन हम्मेहम्मे परिरहेको प्रहरीले जनाएको छ । जिर्ण भौतिक संरचनामा क्षमता भन्दा बढी कैदी बन्दीलाई व्यवस्थापन गर्नुपर्दा सुरक्षा चुनौति बढेको कारागार प्रशासनले जनाएको छ ।