१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ४ आइतबार १८:२८:००
Read Time : < 1 मिनेट
समाचार

महराको मुद्दामा सुनुवाई सकियो, फैसला हुन सकेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ४ आइतबार १८:२८:००

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाई सकिएको छ । सुनुवाई मात्र सकिएका कारण आज फैसला भने हुन सकेन ।

महराविरुद्ध बलात्कार उद्योग कसूर सम्बन्धी लागेको मुद्दामा काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो । 

आइतबार जिल्ला न्यायाधीश बम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाई सम्पन्न भएको हो । महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दिनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत वकिल र सरकारी पक्षबाट उमाकान्त खनाललगायतका वकिलले बहस गरेका थिए ।

संघीय संसदको सचिवालयमा कार्यरत एक कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । महरा गत कात्तिक १८ देखि पुर्पक्षका लागि थुनामा छन् ।