१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका एजेन्सी
२०७६ फाल्गुण ४ आइतबार १७:०८:००
Read Time : < 1 मिनेट
विश्व

हत्याको आरोपमा १४ वर्ष जेल बसेका ४० वर्षीय विद्यार्थीले पूरा गरे एमबिबिएस पढाइ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका एजेन्सी
२०७६ फाल्गुण ४ आइतबार १७:०८:००

भारतको कर्नाटक राज्यस्थित अफजलपुराका सुभाष पाटिलले १४ वर्ष जेल जीवन बिताएर पनि एमबिबिएस पढाइ पूरा गरेका छन् । उनी सन् २००२ मा हत्याको आरोपमा जेल परेका थिए ।

जेलबाट रिहा भएसँगै पाटिलले सन् २०१९ मा एमबिबिएस पूरा गरेका हुन् । पढाइसँगै उनले एक वर्ष इन्टर्नसिपसमेत पूरा गरिसकेका छन् । अहिले उनी डाक्टरी सेवा दिँदै आएका छन् ।

४० वर्षीय पाटिलले भने, 'मैले सन् १९९७ मा एमबिबिएस पढाइ सुरू गरेको थिएँ, सन् २००२ मा ममाथि हत्याको आरोप लाग्यो, मलाई प्रहरीले पक्राउ गरे ।' उनले थपे, 'त्यसबेला म एमबिबिएस तेस्रो वर्षमा अध्ययन गर्दै थिएँ, त्यस समयमा अदालतले मलाई जन्मकैदको सजाए सुनायो, म जेल परेपछि पनि पढाइ छाडिन्ँ, जेलमा ओपिडीमा काम गरिरहेँ, मेरो व्यवहार देखेर सन् ०१६ मा मलाई जेलबाट रिहा गरियो ।'

पाटिलले आफू १४ वर्ष जेल बसेर पनि एमबिबिएस पढाइ पूरा गर्न सकेकोप्रति गर्व गरे । उनले डाक्टर बन्ने बचपनको सपना पूरा भएको बताएको प्रतिक्रया दिएका छन् ।

केन्द्रीय जेलको अस्पतालमा पाटिलले डाक्टरका रूपमा सहयोगी बनेर काम गरेका थिए । यससँगै उनले पढाइ छाडेका थिएनन् । जेलमा नै बसेर उनले सन् ००७ मा पत्रिकारितामा स्नातक पूरा गरे भने सन् २०१० मा मुक्त विश्वविद्यालयबाट पत्रकारितामा एमए पास गरेका थिए । एजेन्सी