मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ४ आइतबार १४:५१:००
Read Time : < 1 मिनेट
समाचार

माग पुरा नभए आमरण अनसन सुरु गर्ने भूपू गोर्खा सैनिकको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ४ आइतबार १४:५१:००

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पुरा नभए आमरण अनसन सुरु गर्ने चेतावनी दिएका छन् ।

बेलायत सरकारले समान व्यवहार नगरेको, सेवाको स्वच्छ मूल्यांकन नभएको र मानवीय व्यवहार समेत नगरेको भन्दै लामो समयदेखि संघर्षरत गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पुरा गर्न चेतावनी दिएका हुन् । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भूपू गोर्खा सैनिकहरुले समान पेन्सन सेवा, नेपालमा बेलायत सरहकै निःशुल्क स्वास्थ्य सुविधा, कटौती तथा मारमा परेका सबैलाई चित्तबुझ्दो क्षतिपूर्ती, बयस्क छोरा—छोरीहरुलाई बेलायतमा निशर्त आवासिय भिसा दिनुपर्ने माग गर्दै भूपू गोर्खा सैनिकहरुले आमरण अनसनको चेतावनी दिएका हुन् ।

एकल महिलाहरुको समान पेन्सनको व्यवस्था हुनुपर्ने, भूपू गोर्खा सैनिकहरुको स्वाभिमान, राष्ट्रियता, मानव अधिकार र सम्मानको अनुभूत गर्नेगरी मागहरु पुरा गर्न नेपाल सरकार र बेलायत सरकारलाई माग गरिएको भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए ।

भूपू गार्खाहरुले मार्च १५, २०२० सम्मको समयसीमा भित्र दुवै देशले वार्ता समिति गठन गरी वार्ता सुरु गर्ने विश्वास लिएका छन् । उक्त समयसम्म आफ्ना मागहरुका विषयमा गम्भीर नभए आमरण अनसनका साथै मुद्दाहरु लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकालयमा जाने चेतावनी समेत दिएका छन् ।