मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका
२०७६ फाल्गुण ४ आइतबार १०:०८:००
Read Time : < 1 मिनेट
समाचार

सडक र पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली झापा जाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ फाल्गुण ४ आइतबार १०:०८:००

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार गृहजिल्ला झापा प्रस्थान गर्ने भएका छन् ।  भौतिक पूर्वाधार तथगा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र स्वकीय सचिव इन्द्र भण्डारीसहितको टोली बिहान १० बजे झापा जाने भएका हुन् ।

निर्माणधीन पूर्वाधारहरूको अजुगमन तथा स्थानीय जनतासँग छलफलका लागि प्रधानमन्त्री झापाको दमक जान लागेका हुन् । प्रधानमन्त्री ओलीले दिउँसो चिसापनी-रवि सडक शिल्यान्यास, कृष्णमन्दिर–बेलडाँगी सडक उद्घाटन र मावो पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीले नयाँ पत्रिकालाई जानकारी दिए ।

दमक नगरपालिकामा निर्माण हुने एकवर्षअघि डिपिआर तयार भएको बहुतले भ्यू टावरको कामका बारेमा स्थानीयसँग छलफल गर्ने कार्यक्रम पनि रहेको छ । प्रधानमन्त्रीसहितको टोली आइतबार नै काठमाडौं फर्किने कार्यक्रम रहेको भण्डारीले बताए ।

यस्ताे छ प्रधानमन्त्रीकाे कार्यतालिका 

प्रधानमन्त्री ओलीले दिउँसो १२ः१५ बजे कृष्णमन्दिर चोकमा सडक उद्घाटन गर्ने छन् । यस्तै १ बजे मावा पुल उद्घाटन गर्ने, १ः १५ बजे रवि–चिसापानी सडक शिलन्यास गर्ने, १ः३० बजे बेलडाँगी खेल मैदानमा स्थानीयबासीसँग छलफल तथा सम्बोधन गर्ने र २ः३० बजे दमक नगरपालिका – १ मा बिपन्न नमुना बस्ती उद्घाटन गर्ने कार्यक्रम छ ।