१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ फाल्गुण ४ आइतबार ०७:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पोस्टमार्टम प्रतिवेदन : मुनाको घाँटी कसिएर तथा विजयको झुन्डिएर मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ फाल्गुण ४ आइतबार ०७:२१:००

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोध (स्ट्रयाङ्गुलेसन) का कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टबाट देखिएको छ । घाँटीको भाग अत्यधिक रूपमा कसिन पुग्दा ‘स्ट्रयाङ्गुलेसन’ हुन्छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले ‘स्ट्र्याङ्गुलेसन’का कारण मुनाको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको जानकारी दिए । ‘मुना कार्कीको पोस्टमार्टम रिपोर्ट आएको छ । रिपोर्ट अध्ययन गर्दा उनको मृत्यु ‘स्ट्रयाङ्गुलेसन’ का कारण भएको देखिन्छ । यो भनेको मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोध हुनु हो । यसमा विजय चौधरी संलग्न रहेको तथ्य सिसिक्यामेरा फुटेजबाट पुष्टि भएको छ ।’

गत २७ माघको बिहान १०:१० बजे दाङ लमहीका २२ वर्षीय विजय चौधरीले नाइलनको डोरी प्रयोग गरी मुनाको घाँटी कसेका थिए । डोरीको कसाइका कारण उनको मस्तिष्क र शरीरबीच रक्तसञ्चार हुन पाएन । अन्ततः सोही कारण उनको मृत्यु हुन पुग्यो । 

घटनामा संलग्न चौधरीको भने झुन्डिएर 

(ह्याङ्गिङ)का कारण मृत्यु हुन पुगेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । ‘चौधरीको पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण ‘ह्याङ्गिङ’बाट भएको उल्लेख छ,’ एसएसपी राईले भने । प्रहरीका अनुसार मुनाको हत्यापछि चौधरी डाइनिङ हलको ठीक माथि रहेको फलामको बारमा पासो लगाई झुन्डिएका थिए । तर, डोरी चुँडिन पुगेपछि उनी डाइनिङ हलको भुइँमा पछारिन पुगेका थिए । शव मुचुल्का गर्दा प्रहरीले समेत चौधरीको घाँटीमा कसिएको अवस्थामा डोरी बरामद गरेको थियो । 

चौधरी मुनाको घरमा सात वर्षदेखि घरेलु मजदुरका रूपमा कार्यरत थिए । तर, उनको हत्या गर्नुको कारण भने प्रहरीले अझै फेला पार्न सकेको छैन । परिसर प्रमुख एसएपी राईले भने, ‘चौधरीले मुनाको किन हत्या गरे भन्ने सन्दर्भमा खोजी भइरहेको छ । त्यसका लागि मोबाइल फोन फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको छ ।