मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
चीनको दक्षिण–पूर्वी फुजियान प्रान्तबाट हुबेई प्रान्तको वुहान सहर प्रस्थान गर्दै स्वास्थ्यकर्मीको समूह । कोरोना उपचारमा संलग्न ६ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने १७ सयजना संक्रमित छन् । तस्बिर : एजेन्सी
एजेन्सी बेइजिङ
२०७६ फाल्गुण ४ आइतबार ०७:२१:००
Read Time : > 1 मिनेट
विश्व

बिदा मनाएर बेइजिङ फर्किने सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने

शनिबार थप १४३ को मृत्यु, १७ सय स्वास्थ्यकर्मी  कोरोना संक्रमित

Read Time : > 1 मिनेट
एजेन्सी बेइजिङ
२०७६ फाल्गुण ४ आइतबार ०७:२१:००

चीन सरकारले राजधानी बेइजिङमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन विशेष सतर्कता अपनाएको छ । जसअनुसार देशका अन्य भागबाट बेइजिङ फर्किएका जोसुकै व्यक्ति दुई साता क्वारेन्टान्इनमा बस्नुपर्नेछ । कोरोना भाइरसको प्रकोप थप अनियन्त्रित भइरहेका वेला सरकारले पछिल्लो निर्णय गरेको हो । 

चिनियाँ क्यालेन्डरअनुसारको नयाँ वर्षको बिदा सकिएसँगै बेइजिङ फर्किनेहरूलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको हो । सरकारको आदेश उल्लंघन गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिइएको छ । भाइरसले महामारीको स्वरूप लिएपछि यो वर्ष नयाँ वर्षको बिदा अवधि लम्बाइएको थियो । बेइजिङमा दुई करोडभन्दा बढी मानिस बसोवास गर्छन् ।

शनिबार थप १४३ को मृत्यु

कोरोनाबाट शनिबार थप १४३ जनाको मृत्यु भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । योसँगै भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या १५ सय २७ पुगेको छ । शनिबार मृत्यु भएका मध्ये १३९ जना हुवेई प्रान्तका हुन् । त्यस्तै, एकै दिन २ हजार ६ सय ४१ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै चीनमा संक्रमित हुनेको संख्या ६७ हजार १ सय ९१ पुगेको छ । हुवेई प्रान्तको बुहान सहरबाट फैलिएको भाइ्रस २६ मुलुकका पाँच सय जनामा भेटिएको छ । अफ्रिकी मुलुक इजिप्टमा पहिलोपटक कोरोना भाइरस देखिएको छ । चीनबाहेक फिलिपिन्स, हङकङ र जापानमा पनि कोरोनाबाट एक–एकजनाको मृत्यु भएको छ । अधिकांश देशले चीनका नागरिकमाथि भ्रमण प्रतिबन्ध लगाउनुका साथै चीन भएर जाने जो–कोहीलाई क्वारेन्टाइनमा राख्न थालेका छन् ।

विज्ञहरूको टोली चीन जाँदै

कोरोना भाइरसले महामारीको रूप लिइरहेका वेला विश्व स्वास्थ्य संगठनका अधिकारीहरूको नेतृत्वमा रहेको एउटा समूहले यसै साता प्रकोपबारे अनुसन्धान गर्ने भएको छ । डब्लुएचओका निर्देशक टेड्रोस एड्हानोमका अनुसार कोभिड—१९ नाम दिइएको सो भाइरसको स्थितिबारे समूहले अध्ययन गर्नेछ । समूहमा अन्तर्राष्ट्रिय विज्ञ छन् । समूहले सो भाइरसबाट १७ सयभन्दा बढी स्वास्थ्यकर्मी कसरी संक्रमित भए भन्ने बारेमा समेत गहन अध्ययन गर्नेछ । समूहमा १२ जना अन्तर्राष्ट्रिय सदस्य र १२ जना चिनियाँ समकक्षी हुने जनाइएको छ ।

कोरोनाबाट युरोपमा पनि मृत्यु

कोरोना भाइरस संत्र    mमणबाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको छ । कोरोनाबाट एसियाबाहिर मृत्यु भएको यो पहिलोपटक हो । चीनको हुबेई प्रान्तका ८० वर्षीय वृद्धको मृत्यु भएको फ्रान्स सरकारले जनाएको छ । जनवरी १६ मा फ्रान्स पुगेका उनलाई जनवरी २५ देखि क्वारेन्टाइनमा राखिएको थियो ।

१७ सय स्वास्थ्यकर्मी  कोरोना संक्रमित

कोरोना भाइरसबाट फेब्रुअरी ११ सम्ममा १७ सय १६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले जनाएको छ । यो कोरोनाको संक्रमण पुष्टि भएका कुल बिरामीको ३.८ प्रतिशत हो । एनएचसीका उपनिर्देशक चेन यिक्सिनले भने, ‘संक्रमित स्वास्थ्यकर्मीमध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।’