मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ३ शनिबार १२:३२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

संसदमा प्रधानमन्त्रीले भने– ‘भ्रष्टाचारका सन्दर्भमा मुखमा पानी हालेर बस्दिनँ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ३ शनिबार १२:३२:००

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र दूराचारका सन्दर्भमा आफू मुखमा पानी हालेर नबस्ने बताएका छन् ।  बालुवाटार जग्गा प्रकरणका दोषीलाई कारबाही गर्न, सुन तस्करीको जालो  हटाउन, राजश्व अपचलन गर्नेलाई कारबाही गर्ने लगायत सबै भ्रष्टाचारीलाई बाहिर ल्याउन सरकार सफल भएको  उनले बताए । 

‘दूराचार र  भ्रष्टाचारका सन्दर्भमा मुखमा पानी हालेर बस्ने मेरो बानी छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘जो जतिसुकै उच्च ओहोदाको होस् वा कथित पहुँचवाला तिनको मुख हेरेर कारबाही हुने वा नहुने तोकिँदैन । प्रधानमन्त्रीको सरकारी निवास पनि बालुवाटारमा परेकाले प्रधानमन्त्रीले नै पो जग्गा बेच्यो कि भन्ने भान पारेर हल्ला चलाइयो । त्यस्तो होइन ।’

सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने  प्रतिवद्धता दोहोर्‍याउँदै अङ्ग र विवरणको लामो फेहरिस्तमा आफू जान नचाहेको उनले बताए । सबै नागरिकमा संविधानको सर्वस्वीकार्यता बढाउन पनि सरकार सफल भएको प्रधानमन्त्री ओलीले बताए ।प्रधानमन्त्री ओलीले विखण्डनकारी समूहलाई मूलधारको राजनीतिमा ल्याउन सरकार सफल भएको दाबी गरेका छन् ।

 मधेसमा छुट्टै राज्य चाहिने माग गरिरहेका राजनीतिक पार्टीलाई संविधान अनुसार हिँडाउन यो सरकार सफल भएको उनले बताए ।‘तराईमा बेग्लै राज्यको मुद्दा बोकेर क्रियाशील समूहले यसै संविधानअनुसार आफ्नो पहिचान र दल बदलेका छन्,’ उनले भने, ‘विद्रोह र विखण्डन होइन प्रतिस्पर्धा र लोकतान्त्रिक बाटोको मूलधारमा आफूलाई उभ्याएको छ ।’

पार्टी खोल्ने, झण्डा बोक्ने र सडकमा कराउने स्वतन्त्रतालाई आफूले लोकतन्त्र नठान्ने र नागरिकलाई अवसर, रोजगारी, समानता, मर्यादा र न्याय दिलाउनु नै लोकतन्त्र भएको  र लोकतन्त्रका पक्षमा सरकार रहेको बताए । कम्युनिष्टको सरकार आए हाँस्न होइन रुन नपाइने भन्ने चर्चा चुनावका बेला चलाइए पनि वास्तविकता त्यस्तो नरहेको उनले प्रष्ट पारे ।

‘माइतीघर मण्डलामा कहिले गुठी विधेयकमा त्यो प्रस्तुत भयो । कहिले मिडिया विधेयकमा त्यस्तो गर्न खोजियो,’ प्रधानमन्त्री ओलीले भने,‘सरकार नागरिकको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ ।’प्रधानमन्त्री ओलीले १ वर्षअघि कानूनहरुको आधार निर्माणको वर्ष रहेको र अहिलेको वर्षसम्म २५ नयाँ कानुन बनेको बताए । यस अबधिमा ५५ वटा नयाँ कानुन बनेको, १३ वटा कानुन खारेज भएको २ सय १ वटा ऐन संशोधन गरिएको र मौलिक हक कार्यान्वयनमा आएको उनले बताए ।