• वि.सं २०७६ चैत १७ सोमबार
  • Monday, 30 March, 2020
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ३ शनिबार ११:२३:००
समाचार

स्थिर सरकार बन्नु ठूलो उपलब्धी : प्रधानमन्त्री

२०७६ फाल्गुण ३ शनिबार ११:२३:००

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकार स्थापति हुनु ठूलो सफलता भएको बताएका छन् । शनिबार बिहान ११ बजे बसेको प्रतिनिधी सभा बैठकमा सरकारको दुई वर्ष पुगेको अवसर र सार्वजनिक महत्वको विषयमाथि बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘यसअघि छोटो-छोटो समयमै सरकार परिवर्तन भइरहन्थ्यो । मेरो नेतृत्वको, कम्युनिष्ट  सरकारको याे नै ऐतिहासिक उपलब्धी हो,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको विषयमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो  । कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनले  अन्तिम समयमा आएर प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको थियो ।