मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण २ शुक्रबार १६:५६:००
Read Time : > 1 मिनेट
राजनीति

सरकार बाहिरका दलकाे टिप्पणी : गठनकाे दुई वर्षमै सरकार पूर्ण असफल

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण २ शुक्रबार १६:५६:००

राजनीतिक दलहरूले इतिहासकै शक्तिशाली सरकार भए पनि अपेक्षित काम गर्न नसकेको टिप्पणी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शक्तिशाली सरकार भएर पनि अपेक्षित कार्यप्रगति देखाउन नसकेको टिप्पणी गरेका छन् । 

बजेट खर्चको गति बढ्न नसक्नु, शुसासन कायम गर्नु नसक्नु र ठूला भ्रष्टाचारका काण्डहरूमा संलग्न दोषी पत्ता लगाउन नसक्नु तथा हत्या हिंसालगायत घटनामा संलग्न दोषीलाई कारवाही नहुनु लगायतले सरकारको असक्षमता देखाएको उनले तर्क गरे । 

‘सरकारको दुई वर्ष निराशाजनक रह्यो, आमजनताले सोचअनुसार सरकारले काम गर्न सकेको छैन । ल एण्ड अर्डर र गुड गर्भनेन्सको कुरा गर्ने हो भने, सुनकाण्ड, वाइडबडी, न्यारोवडी काण्डदेखि यती होल्डिङ्सलाई दिएको ट्रस्टको जग्गामा फसेको छ ।’ सरकारले आर्थिक र गुड गर्भनेन्समा आफ्नो परफरमेन्स विल्कुलै देखाउन नसकेको आरोप लगाए । 

त्यसैगरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले काम गरेर देखाउने राम्रो अवसर गुमाएको टिप्पणी गरे । राजनीतिक, प्रशासनिक आर्थिक, सामाजिक क्षेत्रमा धेरै संरचनागत परिवर्तन गर्न सक्ने हैसियतमा भएर पनि सरकारले काम गर्न नसकेको उनको तर्क थियो । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष भट्टराईले संविधान संशोधन, आमाको नामबाट नागरिकता उपलब्ध गराउनेलगायत विषय सम्बोधन गरेर राजनीतिक क्षेत्र सुधार गर्न पनि सरकार पुर्णरुपमा असफल रहेको बताए ।

त्यस्तै राष्ट्रिय जनता पार्टीका महेन्द्रराय यादवले सत्तारुढ दल नेकपाभित्रै पनि सरकारको काम प्रभावकारी नभएको भन्ने बहसबाटै सरकार प्रभावकारी नभएको संक्षिप्त प्रक्रिया दिए । 

सरकार गठनको दुई वर्ष पुगेको सन्दर्भमा राजनीतिक दलहरूले सरकारको घोषणा र कार्यप्रगति पूर्ण रूपमा असफल रहेको प्रतिक्रिया दिएका हुन् । संसदमा झण्डै दुर्इ तिहाईको समर्थन रहेको सरकारले समयको सदुपयोग गर्न नसकेको प्रतिक्रिया पनि उनीहरूले दिएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भने सरकारले यो दुई वर्षमा असाधारण काम गरेको दाबी गरिन् । इतिहासमै कसैले गर्न नसकेको काम सरकारले गरेको उनले जिकिर गरिन् ।