मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ फाल्गुण २ शुक्रबार ११:३९:००
Read Time : < 1 मिनेट
समाचार

‘लुट्न सके लुट’ पछि पशुपतिले ल्याए ‘जता नि चोर’

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २ शुक्रबार ११:३९:००

चर्चित लोकगायक पशुपति शर्माले ‘लुट्न सके लुट’ भाग (२) गीत ल्याएका छन् ।  शर्माको ‘जता नी चोर’ बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक भएको हो । उनले यसअघि ल्याएको ’लुट्न सके लुट’ गीत शब्द र दृश्यका कारण विवादित बनेको थियो । 

‘जता नी चोर’ गीतको शब्द, संगीत र स्वर पनि गायक शर्माको नै रहेको छ । गीतको एरेन्ज भने केशब बडुले गरेका छन् ।  यो गीतमा पनि पशुपति शर्माले नेपालको राजनीति, प्रशासन क्षेत्रमा रहेको विकृतिलाई उठान गरेका छन् । उनले नेपाली समाजमा रहेको विकृति, काम नगर्ने तर हल्ला बढी गर्ने प्रवृत्तिलाई गीतमार्फत पेचिलो व्यङ्ग्य गरेका छन् ।

दुर्गा पौडेलद्धारा निर्देशित गीतमा पशुपति शर्माको नै मुख्य अभिनय रहेको छ ।