१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ फाल्गुण २ शुक्रबार ०८:५७:००
Read Time : < 1 मिनेट
समाचार

सिन्धुलीमा कार्यरत प्रहरीद्वारा आफैंलाई गोली हानी आत्महत्या प्रयास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ फाल्गुण २ शुक्रबार ०८:५७:००

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आफूले आफैलाई गोली हानी आत्महत्या प्रयास गरेका छन् । सर्लाही स्थायी घर भएका प्रहरी जवान रायले शुक्रबार बिहान करिब ८ बजे डिउटीमै खटिएका बेला आफैंलाई गोली हानेकाे प्रहरीले जनाएकाे छ। 

पेटमा गोली लागेर अचेत बनेका उनलाई उपचारका लागि काठमाडौं लगिएको छ । आफैंलाई गोली हानी आत्महत्या प्रयास गरेकाेबारे घाइते रायको होस खुलेपछि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।