Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १ बिहीबार १४:३९:००
Read Time : < 1 मिनेट
समाचार

कांग्रेस भ्रष्टाचारीसँग सती जान थाल्यो : राजीव पहरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १ बिहीबार १४:३९:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता तथा प्रदेश सांसद राजीव पहारीले भष्टचारीलाई सरकारले कारबाही गर्दा प्रशंसा गर्नु पर्नेमा विवादमा तान्न खाेजेकाे आरोप लगाएका छन् । गण्डकी प्रदेशको प्रदेशसभामा विशेष समयमा बाेल्दै उनले भने, 'नेपालबाट चन्द्र शमशेरले सती प्रथाको अन्त्य गरेका थिए । तर, अहिले कांग्रेस भ्रष्टाचारीको सती जान खोजेको छ । सरकारले भष्टचारीलाई कारबाही गर्दा कांग्रेसले सडकमा उत्रिनु र सदन अवरुद्ध गर्नु बेकार हाे ।'

'अहिले सरकारले सानो माछा मात्रै हैन ठूला माछा पनि समातेको छ । भ्रष्टाचारी भए आफ्नै नेतालाई पनि नछाड्ने नीति सरकारले लिएको छ । सबैले सरकारकाे अभियानमा साथ दिनु पर्नेमा कांग्रेस भ्रष्टको पक्षमा उभिनु नाजायज हाे,' उनले भने । उनले सुन तस्करलाई कारबाही, बालुवाटार काण्डका नाइकेलाई कारबाही थालेकाले सरकारले भ्रष्टाचारविरुद्ध अभियान थालेको बताए ।

हिजो भ्रष्टाचार हुँदा हाँसेर बस्नेहरू केपी ओली सरकारले कारबाही र नियन्त्रण गर्दा सहयोग नगरेकाे उनले उल्लेख गरे । 'अन्तर्राष्ट्रिय रिपोर्टहरूले नेपालकाे भ्रष्टाचारको सूचांक घटेको देखाउन थालेका छन्, भ्रष्टाचारी जो भए नि कारबाही हुन्छ, भ्रष्टाचारीको सती जान हुँदैन,' उनले तर्क गरे ।