१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १ बिहीबार २१:१९:००
Read Time : < 1 मिनेट
समाचार

दुई लाख घुससहित अधिकृत पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १ बिहीबार २१:१९:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नवलपरासी (सुस्तापूर्व)मा कार्यरत सहायक वन अधिकृत र सोही कार्यालयका कार्यालय सहयोगीलाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।

आयोगको बुटवलबाट खटिएको टोलीले टेण्डर काठ उठाएबापत सेवाग्राहीसँग दुई लाख घुस लिएको आरोपमा सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेलीलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई घुस रकमसहित कावासोती नगरपालिका–८ स्थित कार्यालय परिसरबाटै बिहीबार नियन्त्रणमा लिइएको हो । रासस