१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७६ फाल्गुण १ बिहीबार १९:४०:००
Read Time : < 1 मिनेट
समाचार

महाकाली अस्पतालको बजेट खर्च हुनेमा आशंका

Read Time : < 1 मिनेट
मोहन विष्ट कञ्चनपुर
२०७६ फाल्गुण १ बिहीबार १९:४०:००

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले कञ्चनपुरस्थित महाकाली अस्पतालको बजेट खर्च हुनेमा आशंका व्यक्त गरेका छन् ।

बिहीबार अस्पतालको बिरामी कुरुवा घर र आकस्मिक सेवा भवन उद्घाटन गर्दै मन्त्री सुवेदीले चालु आर्थिक वर्षमा अस्पताललाई प्रदेश सरकारले विभिन्न शीर्षकमा गरेर १० करोड ८३ लाख बजेट दिएको बताए । ‘आर्थिक वर्ष सकिन पाँच महिना मात्रै बाँकी छ,’ उनले भने, ‘तर यस अवधिमा भएका काम हेर्दा बजेट फ्रिज हुने आशंका बढेको छ ।’ उनले पारदर्शी र इमान्दारीपूर्वक काम गर्न निर्देशन दिँदै अस्पतालको सुधारका लागि थप बजेट दिनसमेत प्रदेश सरकार तयार रहेको बताए ।

अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले पनि चालु आवमा बजेट पर्याप्त आए पनि कार्यान्वयनमा चिन्ता गरे । प्रदेश मन्त्रालयमा प्राविधिक जनशक्ति अभाव, कमिसन, लम्बेतान तथा झञ्झटिलो टेण्डर प्रक्रियालगायतका कारण काम गर्न कठिन भएको उनको भनाइ छ । उनले जनशक्ति अभावका बाबजूद पनि अस्पतालले अधिकतम सेवा दिइरहेको बताए । दैनिक दिउँसो तीनदेखि साँझ पाँच बजेसम्म ओपिडीमार्फत अतिरिक्त विशेषज्ञ सेवा सञ्चालन गरेर नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउने काम गरिरहेको उनको भनाइ छ ।

प्रदेश सरकारले अस्पताललाई चार करोड ८३ लाख समपुरक अनुदान, दुई करोड ५० लाख वित्तिय समानीकरण अनुदान, दुई करोड आइसियु सञ्चालनका लागि, एक करोड विशेष अनुदान र ५० लाख सिकलसेल एनमियाका लागि बजेट उपलब्ध गराएको छ । मन्त्री सुवेदीले आगामी वैशाखभित्रै अस्पतालमा अत्याधुनिक सघन उपचार कक्ष (आइसियु) सञ्चालनमा ल्याइने पनि बताए ।