१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १ बिहीबार १९:२६:००
Read Time : < 1 मिनेट
समाचार

स्व. गिरिजाप्रसाद कोइरालालाई प्रचण्डले विवादमा ल्याएकाे भन्दै कांग्रेको आपत्ति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १ बिहीबार १९:२६:००

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्षकमल दहाल 'प्रचण्ड'ले जनयुद्ध दिवसमा दिएकाे अभिव्यक्तप्रति नेपाली कांग्रेसले आपत्ति जनाएकाे छ । उनले विवादास्पद अभिव्यक्ति दिएकाे भन्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

प्रचण्डले स्व. नेता गिरिजाप्रसाद कोइरालाबारे गैरजिम्मेवार अभिव्यक्ति दिँदै विवादमा ल्याउन खाेजेकाे भन्दै कांग्रेसले ध्यान आकर्षण गराएकाे हाे । विज्ञप्तिमा भनिएकाे छ, 'फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्‍नुपर्‍यो' भनेर गिरिजाप्रसाद कोइरालाले दहाललाई भन्नुभएको हुँदो हो त कोइराला जिवित हुँदै सार्वजनिक गर्नुहुन्थ्यो, उहाँको निधन भएको यतिका वर्षपछि ऎतिहासिक तथ्यलाई तोडेर एक जिम्मेवार नेताबाट गैरजिम्मेवार अभिव्यक्ति आउनु दु:खद छ ।'

'ऎतिहासिक तथ्य यो हो कि माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्नु भएको थियो,' विज्ञप्तिमा भनिएकाे छ ।