मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७६ फाल्गुण १ बिहीबार १८:०५:००
Read Time : < 1 मिनेट
समाचार

निर्मला न्यायिक आन्दोलनका घाइतेद्वारा धर्ना स्थगित

Read Time : < 1 मिनेट
मोहन विष्ट कञ्चनपुर
२०७६ फाल्गुण १ बिहीबार १८:०५:००

गत पुस दोस्रो सातादेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुलगेटमा धर्नामा बसेका निर्मला न्यायिक आन्दोलनका घाइतेले आन्दोलत स्थगित गरेका छन् ।

महिला अधिकारकर्मीसहित घाइतेले बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई ज्ञापनपत्र बुझाउँदै धर्ना स्थगित गरेका हुन् । महिला अधिकारकर्मी शारदा चन्दको अगुवाईमा घाइतेसहितका अधिकारकर्मीले प्रजिअ खतिवडालाई ज्ञापनपत्र बुझाउँदै धर्ना स्थगित गरेका हुन् ।

अधिकारकर्मी चन्दले प्रजिअ खतिवडाले घाइतेको उपचार खर्च व्यवस्थापन गर्ने बचन दिएपछि केही दिनका लागि आन्दोलन स्थगित गरिएको बताइन् । ‘हामीले २० दिनका लागि आन्दोलन स्थगित गरेका छौँ,’ अधिकारकर्मी चन्दले भनिन्, ‘यसबीचमा घाइतेको उपचार खर्च व्यवस्थापन नभए पुनः आन्दोलन गर्छौँ ।’ 

निर्मलाको न्यायिक आन्दोलनका घाइते मञ्जु गिरी, उमेश देउवा, चेतन भट्ट, सुरेन्द्र देउवा, कृतराज पनेरूसहितका घाइते उपचार खर्चको माग गर्दै डेढ महिनादेखि प्रशासनको मुलगेटमा धर्नामा थिए । धर्नामा दिलिपका दाजु खडक विष्टलगायतका अधिकारकर्मी पनि थिए । निर्मला पन्तको वास्तविक हत्यारा सार्वजनिक गर्न माग गर्दै आएका उनीहरूले कुनै पनि निर्दोेषलाई नफसाउनसमेत आग्रह गरेका छन् ।

कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारी भएर आएकै दिन बुधबार खतिवडाले सेवाग्राहीलाई अवरोध पुर्‍याएको भन्दै धर्नामा बसेका सबैलाई पक्राउ गर्न निर्देशन दिएका थिए । प्रहरीले अधिकारकर्मी शारदा चन्दसहित आठ जनालाई पक्राउ गरेको दोस्रो दिनमै आन्दोलन स्थगित भएको हो ।