मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १ बिहीबार १७:५०:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना भाइरसको आशंका गरिएका व्यक्तिको नमुना नेगेटिभ देखियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १ बिहीबार १७:५०:००

कोरोना भाइरसको आशंका गरिएका तीन व्यक्तिको नमुना परीक्षण नेगेटिभ आएको छ । चीनबाट नेपाल आएका एक जना चिनियाँ नागरिक र दुई जना नेपालीलाई कोरोनाको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा बुधबार भर्ना गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार तीनै जनाको नमुना परीक्षण नेगेटिभ आएको हाे । उनीहरूलाई बुधबार टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको र कोराना भाइरस नदेखिएपछि अस्पतालमै सामान्य उपचार भइरहेको प्रवक्त श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार हालसम्म नेपालमा कोरोना भाइरसको आशंकामा २३ जनामाथि परीक्षण गरिएको थियाे । जसमा एक जनामा पोजेटिभ नतिजा देखिएको थियाे । कोरोना पोजेटिभ देखिएका ती व्यक्तिको पछिल्लो रिपाेर्टअनुसार ठिक भइसकेकाे प्रवक्ता श्रेष्ठले बताए ।