मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण १ बिहीबार १२:१२:००
Read Time : < 1 मिनेट
सप्तरंग

झुप्री भण्डारीको मर्मस्पर्शी गीत ‘सम्झी रूना रूना’ सार्वजनिक [भिडियाेसहित]

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण १ बिहीबार १२:१२:००

‘दि भ्वाइस अफ नेपाल-२’ मा सहभागी भएकी गायिका झुप्री भण्डारीको ‘सम्झी रूना रूना’ बोलको गीत सार्वजनिक भएको छ ।

पाण्डव विष्टको लय रहेको ‘ठाडी भाका’ को शब्द संकलन भण्डारी स्वयं तथा उनलाई सहयोग गर्दै आएका कमल सघर्षले गरेका हुन् । सुदूरपश्चिमको अछाममा जन्मेकी उनी बच्चैदेखि दृष्टिविहीन हुन् । झुप्री भ्वाइस अफ नेपाल-२ को ब्याटल राउण्डबाट बाहिरिएकी थिइन्। 

कमल सघर्ष र वरुण रिजालको निर्देशन रहेको गीतमा भण्डारीका  आमा-बाबु र उनी आफैले अभिनय गरेकी छन् । गीतमा दृष्टिविहीनले भोगेका समस्या, मनोभावना तथा समाजले उनीहरुप्रति गर्ने व्यवहारलाई समेटिएको छ।