मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २९ बुधबार १६:५३:००
Read Time : < 1 मिनेट
अर्थ

विकास खर्च १५ प्रतिशत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २९ बुधबार १६:५३:००

आर्थिक वर्षको समय आधा सकिँदा पुँजीगत (विकास) खर्च १५ प्रतिशत मात्रै भएको छ । अर्थ मन्त्रालयले बुधबार चालु आव २०७६/०७७को अर्धवार्षिक समीक्षामार्फत विकास खर्च १५ दशमलव ४ प्रतिशत भएको जानकारी गराएको हो ।

चालु आवको ६ महिना बितिसक्दा विकास खर्च ६२ अर्ब ७६ करोड ६७ लाख भएको अर्थमन्त्री डा. युवराज खचिवडाले जानकारी दिए । चालु आर्थिक वर्षको बजेटमा पुँजीगत खर्चतर्फ ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

चालु आवको सो अवधिमा कुल बजेटको २७ दशमलव ६ प्रतिशत बजेट खर्च भएको छ । कुल विनियोजित बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लख रुपैयाँ मध्ये ४ खर्ब २२ अर्ब ५५ करोड ६ लाख रुपैयाँ खर्च भएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै चालु खर्चतर्फ ३ खर्ब ९ अर्ब ६० करोड ६८ लाख रुपैयाँ खर्च भएको छ । खर्च भएको रकम विनियोजित बजेटको ३२ दशमलव ४ प्रतिशत हो । चालु बजेटतर्फ सरकारले चालु आवमा ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

त्यस्तै वित्तीय व्यवस्था तर्फको बजेट खर्च ५० अर्ब १७ करोड ७० लाख रुपैयाँ खर्च भएको छ । उक्त खर्च विनियोजित बजेटको २९ दशमलव ९ प्रतिशत हो । वित्तीय व्यवस्थातर्फ सरकारले चालु आवमा १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।