मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २९ बुधबार ११:२०:००
Read Time : < 1 मिनेट
खेलकुद

सन्दीपको उत्कृष्ट बलिङमा नेपालको सहज जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २९ बुधबार ११:२०:००

सन्दीप लामिछानेको उत्कृष्ट बलिङका कारण अमेरिका ३५ रनमै अलआउट भएको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा सन्दीपको उत्कृष्ट बलिङमा अमेरिकालाई ३५ रनमै अलआउट भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले १२ ओभरमा ३५ रन मात्रै बनाउन सकेको हो । सो क्रममा नेपालका बलर सन्दीप लामिछानेले ६ विकेट लिए ।

सन्दीपले ६ ओभरमा १ मेडन राख्दै १६ रन दिएर ६ विकेट लिएका हुन् । त्यस्तै सुसन भारीले ४ विकेट लिए । उनले ३ ओभरमा १ मेडन राख्दै १६ रन दिएर ४ विकेट लिएका हुन् । एक दिवसीय क्रिकेटमा अमेरिकाले बनाएको उक्त स्कोर सबै भन्दा कम हो ।

अमेरिकाका लागि ओपनर ब्याट्समेन जेभियर मार्शलले १६ रन बनाए । उनीबाहेक अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेन । ३५ रनको उक्त स्कोर नेपालले २ विकेट गुमाएर जित हात पारको हो ।