Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ २८ मंगलबार १७:५४:००
Read Time : < 1 मिनेट
समाचार

एमसिसी संसदबाट अनुमोदन नगर्न सभामुखलाई ज्ञापनपत्र 

Read Time : < 1 मिनेट
२०७६ माघ २८ मंगलबार १७:५४:००

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेतृत्वको नाै दलीय गठबन्धनले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाउँदै गठबन्धनले अमेरिकाले आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न एमसिसी अनुमोदनका लागि दबाब दिएको बताए । 

पूर्वसांसद सीपी गजुरेलसहितका नेताहरुले सभामुखलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझेपछि सभामुख सापकोटाले एमसिसीबारे अझै गहिरिएर अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो क्षेत्राधिकार अनुसार नै आवश्यक कदम चाल्ने पनि स्पष्ट पारे ।