१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २८ मंगलबार १७:५१:००
Read Time : < 1 मिनेट
समाचार

संसदबाट एमसिसी अनुमोदन नगर्न सभामुखलाई ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २८ मंगलबार १७:५१:००

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेतृत्वको नौ दलीय गठबन्धनले अमेरिकी सहयोग सम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन नगर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार सिंहदरबारमा सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै गठबन्धनले अमेरिकाले आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न एमसिसी अनुमोदनका लागि दबाब दिएको दावी गरेको छ । पूर्वसांसद सिपी गजुरेलसहितका नेताहरूले सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझेपछि सभामुख सापकोटाले एमसिसीबारे अझै गहिरिएर अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो क्षेत्राधिकार अनुसार नै आवश्यक कदम चाल्ने पनि स्पष्ट पारे ।