१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७६ माघ २८ मंगलबार १३:२१:००
Read Time : < 1 मिनेट
अर्थ

सुदुरपश्चिममा प्राविधिक क्षेत्रतर्फका कर्मचारी बढि घुस्याहा

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७६ माघ २८ मंगलबार १३:२१:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिममा ६ वर्षको अवधिमा २१ स्टिङ अप्रेसन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले यस अवधिमा भ्रष्टाचार गर्ने ३५ कर्मचारीलाई पक्राउ गरेको छ । 

आयोगको कञ्चनपुर कार्यालयले, कार्यालय सहयोगीदेखि उप–सचिवसम्मका कर्मचारीलाई घुस लिंदा लिंदै रंगेहात पक्राउ गरेको तथ्यांकले देखाएको छ । अख्तियारको तथ्यांक अनुसार प्राविधिक क्षेत्रमा कार्यरत कर्मचारी बढि मात्रामा घुस लिंदा लिंदै पक्राउ परेका देखिन्छन् ।

आर्थिक वर्ष २०७२/०७३ देखि चालु आर्थिक बर्ष २०७६/०७७ को पुस मसान्तसम्ममा ३ करोड ६३ लाख, ६ हजार ४ सय ५० रुपैयाँ समेत बरामद गरेको छ ।

कुल स्टिङ अप्रेसन भएमध्ये ४० प्रतिशत प्राविधिक क्षेत्रतर्फका कर्मचारी समातिएका छन् । त्यसैगरी बाँकी ६० प्रतिशतमा प्रशासन तर्फ र  अन्य क्षेत्र तर्फका कर्मचारी रहेको देखिन्छ । १४ जना प्राविधिक क्षेत्रका कर्मचारी पक्राउ परेका  हुन् । जसमा इन्जिनियर, वन र कृषिका प्राविधिक कर्मचारी हुन् । 

कार्यालयका प्रवक्ता टोपबहादुर विष्टले विकास निर्माणका काममा प्राविधिक कर्मचारीको सहभागिता बढि हुने र सेवाग्राहीले घुस नदिंदासम्म अनेक बहानामा काम रोकिने प्रवृत्तिका कारण घुस लेनदेन बढि हुने गरेको बताए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालयका प्रमुख बाबुराम खतिवडाले सुशासन कायम गर्न अख्तियारले अधिकतम प्रयास गरिरहेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालयले २९औं अख्तियार दिवस मनाएको छ ।