१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ २७ सोमबार २१:३७:००
Read Time : < 1 मिनेट
समाचार

७५ हजार घुससहित नगरपालिकाका इन्जिनियर पक्राउ

Read Time : < 1 मिनेट
२०७६ माघ २७ सोमबार २१:३७:००

भानु नगरपालिकाका इन्जिनियर सुकदेव अधिकारी सोमबार ७५ हजार घुससहित पक्राउ परेका छन् ।

इञ्जिनियर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस गर्न र कार्य सम्पन्न प्रतिवेदन बनाइदिन सेवाग्राहीसँग नगरपालिकाको वडा नं. १३ का वडासदस्य कृष्णबहादुर अधिकारीमार्फत घुस मागेका थिए । इन्जिनियर अधिकारीले घुस माग गरिरहेको भन्ने सूचना र कार्यालयमा प्राप्त उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई नगरपालिका कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो ।

अख्तियार पोखराका सूचना अधिकारी मेघनाथ रिजालका अनुसार इन्जिनियर अधिकारीसँगै वडासदस्य कृष्णबहादुर अधिकारीलाई पनि पक्राउ गरिएको छ । वडासदस्य अधिकारीले घुस लिन सहयोग गरेको देखिएको उनले बताए । उनीहरूलाई नियन्त्रणमै लिएर अनुसन्धान भइरहेको पनि सूचना अधिकारी रिजालले जानकारी दिए ।