Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २७ सोमबार १४:५५:००
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रिय सभा अध्यक्ष र क्यानडाका सभामुखबीच भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २७ सोमबार १४:५५:००

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन(सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच भेटघाट भएको छ । 

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेका सभामुख फ्युरी नेतृत्वको प्रतिनिधमण्डले सोमबार सिंहरबारस्थित राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सचिवालयमा उनीसंग भेटवार्ता गरेको हो ।

भेटमा नेपाल र क्यानडाबीचको संसदीय सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले संसदीय सम्बन्धमा यो अहिले सम्मकै उच्चस्तरीय भ्रमण भएको तथा भेटवार्ताले संसदीय अभ्यास र सिकाईको आदान प्रदानमा ठुलो महत्व राख्ने बताए । 

भेटमा अध्यक्ष तिमिल्सिनाले यस उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । क्यानडाको उपल्लो सदन(सिनेट) का सभामुख फ्युरीले नेपालसँगको सम्बन्धलाई क्यानडाले उच्च महत्वका साथ राखेकाे बताए । उनले क्यानडाको तर्फबाट संयुक्त राष्ट्रसंघमा उम्मेदवारी रहेको र त्यसमा नेपालबाट सहयोगको अपेक्षा लिएको अध्यक्ष तिमिल्सिनासंग बताएका थिए । 

सभामुख फ्युरी नेतृत्वको टोलीले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेट गर्ने कार्य तालिका छ ।