१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २७ सोमबार ०८:४९:००
Read Time : < 1 मिनेट
अर्थ

आइएमईका अध्यक्ष ढकाललाई एसियन लिडरसिप अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २७ सोमबार ०८:४९:००

आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’बाट सम्मानित भएका छन् । एसियाली व्यवस्थान संघको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो) र नेपाल व्यवस्थापन संघ (म्यान)ले ढकाललाई अवार्डबाट सम्मानित गरेको हो ।

गत शुक्रबार काठमाडौंमा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई अवार्ड प्रदान गरेका हुन् । राष्ट्रिय उद्यमशिलताको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरी देशको आर्थिक विकास एवं समृद्धिका लागि महत्वपूर्ण योगदान पुर्‍याएका सफल व्यवस्थापकलाई आमोले हरेक वर्ष अवार्ड प्रदान गर्दै आएको छ । नेपालबाट सन् २०२० का लागि ढकाललाई अवार्ड प्रदान गरिएको आमोले जनाएको छ ।

नेपालको व्यावसायिक क्षेत्रमा सफल र प्रेरणादायी नेतृत्वका लागि ग्लोबल आइएमई बैंक तथा चन्द्रागिरि हिल्सका अध्यक्ष ढकाललाई अवार्ड प्रदान गरिएको संस्थाले जनाएको छ । अवार्डले आगामी दिनमा अझ उत्साहका साथ अघि बढ्न प्रेरणा मिलेको ढकालको भनाइ छ । अवार्ड नेपालको समग्र निजी क्षेत्रप्रति गरिएको सम्मान भएको उनको भनाइ थियो ।