मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जीवन बस्नेत काठमाडाैं
२०७६ माघ २७ सोमबार १०:४९:००
Read Time : > 5 मिनेट
अर्थ

गौरवका आयोजना घोषणा भएको ८ वर्ष बित्यो, तर २२ मध्ये एउटै सम्पन्न भएनन्

Read Time : > 5 मिनेट
जीवन बस्नेत, काठमाडाैं
२०७६ माघ २७ सोमबार १०:४९:००

-कार्यान्वयन अति नै सुस्त हुँदा राष्ट्रिय गौरवका २२ आयोजनाको कुल लागत नै ३ खर्ब बढेर साढे १६ खर्बबाट सवा १९ खर्ब पुग्यो, हालसम्म ३ खर्ब मात्रै खर्च

-पश्चिम सेती र विद्युत् प्रसारण आयोजनामा हालसम्म एक रुपैयाँ पनि खर्च हुन सकेन, बुढीगण्डकीमा भौतिक प्रगति शून्य, तर खर्च भने सवा ३६ अर्ब

प्रचलित मान्यताअनुसार ठूलो पूर्वाधार आयोजना न्यूनतम ४ देखि अधिकतम ६ वर्षमा पूरा हुुनुपर्छ । तर, सरकारले नै विशेष प्राथमिकता दिएर ८ वर्षअघि ‘राष्ट्रिय गौरवका आयोजना’ घोषणा गरेकामध्ये कुनै पनि आयोजना अहिलेसम्म सम्पन्न भएका छैनन् । राष्ट्रिय गौरवका आयोजनालाई सरकारले बजेट र जनशक्तिको अभाव हुन नदिने कानुनी व्यवस्था गरेको छ, कार्यान्वयनका अन्य कानुनी जटिलतालाई पनि सरल बनाइएको छ । तर, सरकारले यसरी उच्च प्राथमिकतामा राखेका आयोजनाकै प्रगति अत्यन्तै सुस्त छ ।  

सरकारले पहिलोपटक आर्थिक वर्ष ०६८/६९ मा १७ आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत गरेको थियो । दोस्रोपटक ०७०/७१ मा चारवटा र तेस्रोपटक ०७५/७६ मा एउटा आयोजनालाई मन्त्रिपरिषद्ले गौरवको आयोजनाका रूपमा घोषणा गरेको छ । चालू आर्थिक वर्षमा थपिएका तमोर जलविद्युत् र सुनकोसी–मरिन डाइभर्सनसहित अहिलेसम्म २४ आयोजनालाई गौरवका आयोजनाका रूपमा घोषणा गरिएको छ । 

तर, ती सबै आयोजनामा बजेट खर्च अत्यन्तै न्यून छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रिय गौरवका घोषणा भएपछि अहिलेसम्म ती आयोजनामा ३ खर्ब २ अर्ब ९५ करोड रुपैयाँ खर्च भएको छ । जबकि पछिल्लो विवरणअनुसार ती आयोजनाको कुल लागत १९ खर्ब २७ अर्ब छ । लागतको तुलनामा ती आयोजनामा खर्च भएको रकम करिब १६ प्रतिशत मात्रै हो । 

कुल २४ वटा घोषित गौरवका आयोजनामध्ये पश्चिम सेती जलविद्युत् आयोजना र विद्युत् प्रसारण आयोजनामा हालसम्म १ रुपैयाँ पनि खर्च भएको छैन । भौतिक प्रगति शून्य रहेको बुढीगण्डकी आयोजनामा भने ३६ अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको छ । सरकारले नै आयोजना निर्माणमा अत्यधिक ढिलाइ गर्दा जनता समयमै सेवा प्राप्त गर्न वञ्चित मात्र भएका छैनन्, आयोजनाको लागतमा पनि वृद्धि गरेको छ । यसले सरकारको खर्च गर्ने प्रणाली प्रभावकारी नभएको देखाउँछ ।

पछिल्लो संशोधित लागत अनुमानअनुसार सबै गौरवका आयोजना सम्पन्न गर्न १९ खर्ब २७ अर्ब ६६ करोड रुपैयाँ आवश्यक देखिएको छ । जबकि यसअघि गौरवका आयोजनाका रूपमा घोषणा हुँदा सबै आयोजना १६ खर्ब ४४ अर्ब ८ करोड रुपैयाँमा सम्पन्न हुने प्रक्षेपण थियो । गौरवका आयोजनामा खर्च हुने रकमलाई औसतमा बराबर खर्च हुने मान्दा अहिले प्रतिआयोजना लागत ८७ अर्ब ६० करोड पुगेको छ । यसअघि प्रतिआयोजना ७४ अर्ब ७० करोड रुपैयाँ मात्र लागत थियो ।

आयोजना बैंक सूचना प्रणालीको थालनी 

प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय आयोजना बैंक सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका छन् । अबदेखि कार्यान्वयन (लगानी) योग्य आयोजनाहरूको संग्रह यस प्रणालीमार्फत हुनेछ । यसले तथ्यपरक र मापदण्डमा आधारित आयोजना पहिचान, छनोट तथा मूल्यांकन प्रक्रिया तथा प्राथमिकीकरण गर्ने प्रणालीको विकास र अभ्यास गर्न सहयोग पुर्‍याउने सरकारको दाबी छ । यस प्रणालीमा आयोजना कार्यान्वयनपूर्व गर्नुपर्ने अध्ययन तथा पूर्वतयारीका काम भएको हुनुपर्नेछ । त्यसले नतिजामुखी, न्यायोचित र आयोजनाको जीवनचक्र व्यवस्थापन गर्न सहयोग पुग्ने राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टले जानकारी दिए । 

प्रधानमन्त्री केपी शर्मा ओली भन्छन्–आयोजनाको प्रगति अत्यन्तै सुस्त भयो 

केही आयोजनामा प्रगति भए पनि त्यसमा सन्तोष गर्नुपर्ने अवस्था छैन । हाम्रो काममा अत्यन्त ढिलासुस्ती भयो, राष्ट्रिय गौरवका आयोजनाको प्रगति पनि सुस्त छ । पुँजीगत खर्च अत्यन्तै न्यून भयो । वैदेशिक लगानीका आयोजनामा पनि ढिलाइ भइरहेको छ । हामीलाई जुन गतिमा विकास गतिविधि आवश्यक छ, त्यो गतिमा काम हुन सकेको छैन । अर्कोतिर योजना बैंकको सूचना प्रणाली सुरु भएको छ । त्यसबाहेक पनि नयाँ आयोजना पहिचान र वर्गीकरण गर्नुपर्नेछ । लगानी कसले गर्ने, आन्तरिक हुने वा वैदेशिक वा निजी क्षेत्र, कुन मोडालिटीमा गर्नेजस्ता विषय प्रस्ट बनाउनु आवश्यक छ । 

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना  

-निर्माण सुरु : २०६८/६९

-सक्नुपर्ने लक्ष्य : २०७९/८०

-सुरु लागत : १६ अर्ब ४३ करोड

-संशोधित लागत : ३३ अर्ब १९ करोड

-अहिलेसम्मको कुल खर्च : ९ अर्ब ९१ करोड

-कुल भौतिक प्रगति : ३८.४ प्रतिशत

-कुल वित्तीय प्रगति : ३० प्रतिशत

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना

-निर्माण सुरु : २०६७/६८

-सक्नुपर्ने लक्ष्य : २०७६/७७

-सुरु लागत : ३५ अर्ब २९ करोड 

-संशोधित लागत : ४९ अर्ब २९ करोड

-अहिलेसम्मको कुल खर्च : ४६ अर्ब २३ करोड

-कुल भौतिक प्रगति : ९९.३ प्रतिशत

-कुल वित्तीय प्रगति : ९४ प्रतिशत

बुढीगण्डकी जलविद्युत् आयोजना

-निर्माण सुरु : २०६९/७०

-सक्नुपर्ने लक्ष्य : नखुलेको

-सुरु लागत : २ खर्ब ६० अर्ब 

-संशोधित लागत : २ खर्ब ६० अर्ब 

-अहिलेसम्मको कुल खर्च : २६ अर्ब २० करोड

-कुल भौतिक प्रगति : नखुलेको

-कुल वित्तीय प्रगति : १४ प्रतिशत

पश्चिम सेती जलविद्युत् आयोजना 

-निर्माण सुरु : नखुलेको

-सक्नुपर्ने लक्ष्य : नखुलेको

-सुरु लागत : १ खर्ब ४८ अर्ब ७० करोड

-संशोधित लागत : १ खर्ब ४८ अर्ब ७० करोड

-अहिलेसम्मको कुल खर्च : नखुलेको

-कुल भौतिक प्रगति : नखुलेको

-कुल वित्तीय प्रगति : नखुलेको

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

-निर्माण सुरु : २०७१/७२

-सक्नुपर्ने लक्ष्य : २०७६/७७

-सुरु लागत : २९ अर्ब ८१ करोड

-संशोधित लागत : ३० अर्ब ४१ करोड

-अहिलेसम्मको कुल खर्च : २३ अर्ब १ करोड

-कुल भौतिक प्रगति : ७४ प्रतिशत

-कुल वित्तीय प्रगति : ७६ प्रतिशत

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

-निर्माण सुरु : २०७१/७२

-सक्नुपर्ने लक्ष्य : २०७९/८०

-सुरु लागत : २२ अर्ब १० करोड

-संशोधित लागत : २२ अर्ब १० करोड

-अहिलेसम्मको कुल खर्च : ६ अर्ब ४२ करोड

-कुल भौतिक प्रगति : ४२ प्रतिशत

-कुल वित्तीय प्रगति : २९ प्रतिशत

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

-निर्माण सुरु : २०७१/७२

-सक्नुपर्ने लक्ष्य : नखुलेको

-सुरु लागत : ७ खर्ब 

-संशोधित लागत : ७ खर्ब 

-अहिलेसम्मको खर्च :  ५९ करोड

-कुल भौतिक प्रगति : १०

-कुल वित्तीय प्रगति : ०.०८ प्रतिशत

पशुपति क्षेत्र विकास कोष

-निर्माण सुरु : २०७०/७१

-सक्नुपर्ने लक्ष्य : नखुलेको 

-सुरु लागत : २ अर्ब १ करोड

-संशोधित लागत : २ अर्ब १ करोड

-अहिलेसम्मको खर्च : ७१ करोड

-कुल भौतिक प्रगति : ४० प्रतिशत

-कुल वित्तीय प्रगति : ३५ प्रतिशत

लुम्बिनी क्षेत्र विकास कोष

-निर्माण सुरु : २०७०/७१

-सक्नुपर्ने लक्ष्य : २०७९/८०

-सुरु लागत : ५ अर्ब ५५ करोड

-संशोधित लागत : ६ अर्ब १० करोड

-अहिलेसम्मको कुल खर्च : ४ अर्ब ५७ करोड

-कुल भौतिक प्रगति : ८५ प्रतिशत

-कुल वित्तीय प्रगति : ७५ प्रतिशत

पुष्पलाल मध्यपहाडी लोकमार्ग

-निर्माण सुरु : २०६४/६५

-सक्नुपर्ने लक्ष्य : २०७९/८०

-सुरु लागत : ३३ अर्ब ३६ करोड 

-संशोधित लागत : ८४ अर्ब ३३ करोड

-अहिलेसम्मको कुल खर्च : ३९ अर्ब ९१ करोड

-कुल भौतिक प्रगति : ४८ प्रतिशत

-कुल वित्तीय प्रगति : ४७ प्रतिशत

रेलवे तथा मेट्रो विकास आयोजना

-निर्माण सुरु : २०६६/६७

-सक्नुपर्ने लक्ष्य : नखुलेको

-सुरु लागत : ७० अर्ब ६१ करोड

-संशोधित लागत : ७० अर्ब ६१ करोड

-अहिलेसम्मको कुल खर्च : १३ अर्ब ८५ करोड

-कुल भौतिक प्रगति : ११.४ प्रतिशत

-कुल वित्तीय प्रगति : २० प्रतिशत

हुलाकी राजमार्ग

-निर्माण सुरु : २०६६/६७

-सक्नुपर्ने लक्ष्य : २०७९/८०

-सुरु लागत : ४७ अर्ब २४ करोड

-संशोधित लागत : ६५ अर्ब २० करोड

-अहिलेसम्मको कुल खर्च : २७ अर्ब ५३ करोड

-कुल भौतिक प्रगति : ४४ प्रतिशत

-कुल वित्तीय प्रगति : ४२ प्रतिशत

उत्तर–दक्षिण कोसी करिडोर

-निर्माण सुरु : २०६५/६६

-सक्नुपर्ने लक्ष्य : २०८०/८१

-सुरु लागत : ५ अर्ब ७९ करोड 

-संशोधित लागत : १६ अर्ब २० करोड

-अहिलेसम्मको कुल खर्च : २ अर्ब ४१ करोड

-कुल भौतिक प्रगति : १५ प्रतिशत

-कुल वित्तीय प्रगति : १५ प्रतिशत

उत्तर–दक्षिण कालीगण्डकी करिडोर

-निर्माण सुरु : २०६६/६७ 

-सक्नुपर्ने लक्ष्य : २०८०/८१

-सुरु लागत : २८ अर्ब ८० करोड

-संशोधित लागत : २८ अर्ब ८० करोड

-अहिलेसम्मको कुल खर्च : ५ अर्ब ३३ करोड 

-कुल भौतिक प्रगति : १३ प्रतिशत

-कुल वित्तीय प्रगति : १९ प्रतिशत

उत्तर–दक्षिण कर्णाली करिडोर

-निर्माण सुरु : २०६५/६६ 

-सक्नुपर्ने लक्ष्य : २०७९/८०

-सुरु लागत : ४ अर्ब १० करोड

-संशोधित लागत : ११ अर्ब 

-अहिलेसम्मको कुल खर्च : १ अर्ब ९९ करोड

-कुल भौतिक प्रगति : २० प्रतिशत

-कुल वित्तीय प्रगति : १८ प्रतिशत

काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)

-निर्माण सुरु : २०७४/७५

-सक्नुपर्ने लक्ष्य : २०८०/८१

-सुरु लागत : १ खर्ब ११ अर्ब 

-संशोधित लागत : २ खर्ब १३ अर्ब ९५ करोड

-अहिलेसम्मको कुल खर्च : १४ अर्ब ७१ करोड

-कुल भौतिक प्रगति : ८.५ प्रतिशत

-कुल वित्तीय प्रगति : ७ प्रतिशत

मेलम्ची खानेपानी आयोजना

-निर्माण सुरु : २०५५/५६

-सक्नुपर्ने लक्ष्य : २०७७/७८

-सुरु लागत : २४ अर्ब 

-संशोधित लागत : ३५ अर्ब ५४ करोड

-अहिलेसम्मको कुल खर्च : २७ अर्ब 

-कुल भौतिक प्रगति : ९५.१२ प्रतिशत

-कुल वित्तीय प्रगति : ७६ प्रतिशत

राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समिति

-निर्माण सुरु : २०७१/७२ 

-सक्नुपर्ने लक्ष्य : २०९३/९४

-सुरु लागत : १ अर्ब २५ करोड

-संशोधित लागत : ८ अर्ब ५५ करोड

-अहिलेसम्मको कुल खर्च : ७ अर्ब ९४ करोड

-कुल भौतिक प्रगति : ९२.९६ प्रतिशत

-कुल वित्तीय प्रगति : ९३ प्रतिशत

विद्युत् प्रसारण आयोजना  

-निर्माण सुरु : नखुलेको

-सक्नुपर्ने लक्ष्य : नखुलेको

-सुरु लागत : ७० अर्ब

-संशोधित लागत : ७० अर्ब 

-अहिलेसम्मको कुल खर्च : छैन

-कुल भौतिक प्रगति : छैन

-कुल वित्तीय प्रगति : छैन