मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ २७ सोमबार ०६:३९:००
Read Time : < 1 मिनेट
समाचार

तस्कर पक्राउ गर्न हवाइ फायर : ३० क्विन्टल केराउ बरामद

Read Time : < 1 मिनेट
२०७६ माघ २७ सोमबार ०६:३९:००

प्रहरीले हवाइ फायर गरेर ईशनाथ नगरपालिका ४  मठियाबाट एकजना भारतीयलाई तस्करीमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएको छ । विहार राज्यको पूर्वी चम्पारण कुन्डवा चैनपुर घर भएका १८ वर्षीय सचिन गोसाइँलाई शनिबार मध्य राति पक्राउ गरिएको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी  दिए । ‘गोसाइँको बयानका आधारमा ७० बोरा (३० क्विन्टल) केराउसमेत बरामद गरेका छौँ,’ एसपी खड्काले भने । 

जिल्ला प्रहरी कार्यालय गौर र प्रदेश २ को संयुक्त टोलीले शनिबार मध्य राति भारततर्फ लैजान लागेको अवस्थामा ७० बोरा केराउ बरामद गरेको हो । एसपी खड्काका अनुसार राति १२ बजे रौतहटको मठिया गाउँनजिकै करिब १५ जनाको संख्यामा भारतीय तस्कर जम्मा भएका थिए । प्रहरीको गस्ती टोलीलाई देखेपछि तस्करहरू भारततर्फ भागे । त्यसै क्रममा चार राउन्ड हवाइ फायर गरेर एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अन्य तस्कर भने भारततिर भागेका एसपी खड्काले जानकारी दिए । पक्राउ परेका गोसाइँको बयानका आधारमा एक घरबाट प्रहरीले ७० बोरा केराउ बरामद गरेको हो । बरामद ३० क्विन्टल केराउको भारतीय बजार मूल्य तीन लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीको अनुमान छ । 

 ईशनाथबाट दैनिक तस्करी
ईशनाथ नगरपालिका ४  मठिया नाकाबाट प्रहरीकै मिलेमतोमा दैनिक ठूलो परिमाणमा तस्करी हुने गरेको स्थानीयले बताए ।  मठियाबाट दैनिक तस्करी हुने गरेको सूचनाका आधारमा प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्कीको निर्देशनमा जिल्ला प्रहरी कार्यालय गौरले विषेश टोली परिचालन गर्न थालेको छ । पछिल्लो समय रौतहटका विभिन्न नाकाबाट नेपाली केराउ भन्सार छलेर भारत जाने गरेको छ ।