Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर १५ सोमबार
  • Monday, 30 November, 2020
ad
श्रवण थापा सर्लाही
२०७६ माघ २७ सोमबार ०६:२७:००
मुख्य समाचार

साहुकार रामबाबु यादवसँग बयान सुरु

साढे २० करोडको बिगो माग गरी मुद्दा दर्ता, रौनियार अझै फरार

श्रवण थापा, सर्लाही
२०७६ माघ २७ सोमबार ०६:२७:००

कुख्यात साहुकार रामबाबु रायविरुद्ध सर्लाही जिल्ला अदालतले आइतबारदेखि बयान लिन सुरु गरेको छ । न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा यादवको बयान लिन सुरु गरेको अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिए । ‘आइतबारदेखि यादवसँग बयान लिन सुरु भएको छ,’ उनले भने, ‘भोलि फेरि थप बयान हुनेछ ।’ बयान नसकिएकाले उनलाई पुनः जिल्ला प्रहरी कार्यालय मलंगवाकै हिरासतमा पठाइएको जिल्ला अदालतले जनाएको छ ।

यादवविरुद्ध अदालतमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अभियोगपत्र दर्ता गरिएको छ । प्रहरीले २५ दिनको लामो अनुसन्धान सम्पन्न गरेर शुक्रबार जिल्ला सरकारी वकिलमार्फत यादवलाई अदालत पेस गरेको थियो । बयान सकेर सोमबारबाटै थुनछेक बहस सुरु हुने सम्भावना रहेको श्रेस्तेदार पौडेलले बताए । ऋण लिँदा ऋणीले धितो राखेको जग्गा जानकारीविनै अन्य व्यक्तिलाई बिक्री गरेर बिल्लीबाठ पारेको र ऋणीसँग कपाली तमसुक बनाएर चर्को ब्याज असुली गरेको उजुरीपछि यादवलाई २३ पुसमा प्रहरीले पक्राउ गरेको थियो ।

‘मिटरब्याजी’ आरोपी यादवलाई २८ वटा निवेदनबाट २० करोड ४४ लाखबराबरको बिगोदाबी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।अर्का ‘मिटरब्याजी’ आरोपी सञ्जय साह रौनियारको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । आरोपी रौनियार ठगीको आरोपलगत्तै बेपत्ता भएका छन् । उनी भारतमा लुकिछिपी बसिरहेको स्रोतको दाबी छ । 

छुटाउनुभयो की ?