मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २६ आइतबार ०७:५२:००
Read Time : < 1 मिनेट
सेयर बजार

विकास बैंंक, जलविद्युत् र बिमा लगानीकर्ताको रोजाइमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २६ आइतबार ०७:५२:००

सातामा कारोबार भएका १२ समूहको परिसूचकमा विकास बैंक जलविद्युत् र बिमा कम्पनीको सेयर लगानीकर्ताहरूको रोजाइमा परेको छ । विकास बैंकको समूह २ दशमलव ७९ प्रतिशत, निर्जीवन बिमाको २ दशमलव १६ र जलविद्युत् समूहको परिसूचक २ प्रतिशतले बढेको छ ।

गत सातामा लगानीकर्ताहरू कम मूल्य भएका सेयरमा आकर्षित भएका थिए । विकास बैंकका सेयर मूल्य पनि हाराहारी २ सयमुनि तथा थोरै माथि रहेको र जलविद्युत्को एक सय मुनिसम्म रहेकाले लगानीकर्ताले ती कम्पनीको सेयर रोजेको बताउँछन् । यस सातामा लघुवित्त समूह भने शून्य दशमलव ९० प्रतिशतले घटेको छ । जीवन बिमा, म्युचुअल फन्ड र होटेल समूह सेयर घटेको छ । 

सातामा सर्पोट लघुवित्तको सेयर मूल्य उच्च रुपैयाँले बढेको छ । कम्पनीको सेयर मूल्य अघिल्लो साताको बिहीबारदेखि यस साताको बिहीबारसम्म ४१.२ प्रतिशत बढेको छ । कम्पनीको सेयर मूल्य अघिल्लो साता प्रतिकित्ता ७ सय ७० रुपैयाँ थियो । यस साताको बिहीबार प्रतिकित्ता १ हजार ९२ रुपैयाँ पुगेको छ । दोस्रोमा ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य १४.७८ प्रतिशत बढेको छ । कम्पनीको सेयरमूल्य अघिल्लो साताको बिहीबार प्रतिकित्ता १ सय १५ थियो भने यस साता १ सय ३२ रुपैयाँ पुगेको छ ।