१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ४ शुक्रबार ०७:३१:००
Read Time : < 1 मिनेट
अर्थ

खत्रीले जिते सिटी एक्सप्रेसको १२ लाख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ४ शुक्रबार ०७:३१:००

सिटी एक्सप्रेसले सञ्चालन गरेको ‘लखपति एक्सप्रेस’ योजनाअन्तर्गत मानबहादुर खत्रीले बम्पर उपहारअन्तर्गतको १२ लाख रुपैयाँ जितेका छन् । सोमबार आयोजित लक्की ड्रमार्फत जापानबाट पैसा पठाएका खत्री बम्पर उपहार विजेता बनेका हुन् ।

उपहार योजना अवधिभर दैनिक उपहार योजनाअन्तर्गत १ हजार ८० जनाले २ सय रुपैयाँको मोबाइल टपअप, साप्ताहिक रूपमा ३६ जनाले १० हजार र ३ जनाले १ लख रुपैयाँ प्राप्त गरिसकेका छन् । ती सबै उपहार विजेता विद्युतीय लक्की ड्रमार्फत छनोट गरिएको थियो ।