१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २५ शनिबार १४:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भ्रष्टाचारीलाई 'रेड कार्ड' देखाउन पुगेका विवेकशील नेपालीका ११ नेता पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २५ शनिबार १४:५४:००

विवेकशील नेपालीका ११ नेता पक्राउ परेका छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा संलग्नलाई अख्तियारले मुद्दा लगाउने वा नलगाउने निर्णयमा पक्षधरता देखाएको भन्दै शनिबार बिहान 'भ्रष्टाचारीलाई रेड कार्ड' देखाउन बालुवाटार पुगेको टोलीलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, रन्जु दर्शना न्यौपाने, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शीशिर राई, मनिष खनाल, प्रदिप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानु रहेका छन् ।
 
आयोगले भ्रष्टाचारमा संलग्न भएका व्यक्तिहरूलाई मुद्दा लगाउने निर्णय स्वागतयोग्य भएको भन्दै पक्षधरता देखाएर मुद्दा चलाउने तथा नचलाउने निर्णय गरेकाे भन्दै विवेकशील नेपालीले अदुअआको ध्यानाकर्षण गर्न प्रदर्शन गरेको विवेकशीलद्वारा जारी विज्ञप्तीमा जनाइएकाे छ ।

प्रदर्शनको क्रममा पक्राउ परेकाहरुको तत्काल रिहाको तत्काल माग गर्दै विवेकशीलले विज्ञप्ती जारी गरेको छ ।