१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ माघ २५ शनिबार ०९:१३:००
Read Time : < 1 मिनेट
प्रदेश

१५ हजारद्वारा लाङटाङ निकुञ्ज भ्रमण 

Read Time : < 1 मिनेट
२०७६ माघ २५ शनिबार ०९:१३:००

चालू आर्थिक वर्षको ६ महिनामा १५ हजार स्वदेशी तथा विदेशी पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्जका रेन्जर रमेश बस्नेतका अनुसार यो अवधिमा ६ हजार ३ सय ६ विदेशी र ८ हजार ६ सय ५० आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन् । निकुञ्जमा आउने सार्क मुलुकका पर्यटकलाई १५ सय, अन्य विदेशीलाई ३ हजार र स्वदेशी पर्यटकलाई १ सय शुल्क तोकिएको छ । काठमाडौंबाट छोटो र सजिलो पदमार्ग भएकाले लाङटाङ क्षेत्रमा पर्यटकको घुइँचो लाग्ने गरेको उनले बताए । यहाँ विशेष गरी अस्ट्रेलिया, क्यानडा, इजरायल, फ्रान्स, जर्मन, जापान, अमेरिका, कोरिया, बेलायतलगायतका पर्यटकहरू  बढी आउँछन् ।  

काठमाडौंबाट छोटो र सजिलो पदमार्गमध्ये लाङटाङ र गोसाइँकुण्ड पनि एक हो । एकै यात्रामा धेरै कुरा हेर्न र घुम्न सक्ने भएकाले पर्यटकको रोजाइमा यो क्षेत्र परेको स्थानीय होटेल व्यवसायीहरूले बताएका छन् । केही वर्षपहिलेसम्म मेला–पर्वमा  हिँड्ने युवापुस्ता अहिले घुमफिर गर्न मन पराउने भएका कारण पनि बाह्रै महिना स्वदेशी पर्यटक आउन थालेका छन् ।  

पर्यटकका लागि घुम्न रसुवामा तीनवटा पदमार्ग छन् । धुन्चे, गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बु, स्याफ्रुबेँसी हुंँदै लाङटाङ र तामाङ सम्पदा मार्गको स्याफ्रुबेँसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, ब्रिदिम हुँदै स्याफ्रुबेँसीसम्मको पदमार्ग छ । त्यस्तै, नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य मानिएको लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको छ । भूकम्पअघि वार्षिक १५ हजार पर्यटकले अवलोकन गर्ने लाङटाङ क्षेत्रमा अहिले पर्यटकहरूको आवागमन बढ्न थालेको छ । 

केही वर्षअघिसम्म नेपाली राख्न नरुचाउने होटेल व्यवसायीले अहिले नेपाली आउँदा उत्साहित हुने गरेको पाइएको छ । विदेशी पर्यटकले भन्दा नेपालीले बढी खर्च गर्ने गरेको व्यवसायीहरूले बताएका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्ने गरेका छन् ।