१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ २४ शुक्रबार २०:४६:००
Read Time : < 1 मिनेट
समाचार

सरकारको निर्देशनमा अख्तियार चल्दैन : नारायणकाजी श्रेष्ठ 

Read Time : < 1 मिनेट
२०७६ माघ २४ शुक्रबार २०:४६:००

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवंम राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठले सरकारको निर्देशनमा अख्तियार नचल्ने बताएका छन् । शुक्रबार गोरखा सदरमुकामा पत्रकारहरूसँगको भेटमा उनले ललिता निवास प्रकरणलाई जोड्दै अख्तियार छुट्टै संवैधानिक निकाय भएकाले सरकारकाे निर्देशनमा नचल्ले बताएका हुन् । 

‘अख्तियारले के निर्णय गर्छ, सरकारले भन्ने कुरा होइन, अख्तियार संवैधानिक निकायको छुट्टै अंग हो, सरकारले निर्देशन दिएर अख्तियार चल्ने छैन, त्यसो गर्न पनि हुँदैन,’ उनले भने, ‘यो अख्तियारको स्वतन्त्र निर्णय हो, अझै अध्ययन गरेर थप निष्कर्ष निकाल्नु छ भने निकालोस, अख्तियार पूरै स्वतन्त्र छ ।’ 

यसमा सरकारबाट कुनै हस्तक्षेप नभएको उनको भनाइ छ । तर सरकारबाट निर्देशित हो भनेर प्रचार गरी प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अवरोध गरिहेको उनले बताए । लोकतन्त्रका निम्ति संघर्ष गर्ने कांग्रेसले सुविचार ढंकले कदम चाल्नसमेत उनले आग्रह गरे । भ्रष्टचार गर्ने जुनसुकै पार्टीका भए पनि छुट नहुने बताउँदै अख्तियारले स्वतन्त्र ढंगले काम गर्नु पर्नेमा उनले जोड दिए ।

नेकपाकाे बधाइ तथा सम्मान कार्यक्रममा बोल्दै पार्टीभित्रका गुटबन्दीलाई पूर्ण रुपमा अन्य गर्नुपर्ने बताए । संघ, प्रदेश र स्थानीय सरकारलाई सफल बनाउन पार्टीले दिएको जिम्मेवारीबाट कोही बिचल्लित नहुनसमेत उनले आग्रह गरे ।