१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २४ शुक्रबार १८:४०:००
Read Time : < 1 मिनेट
समाचार

निगमका तीन वटै 'वाइ १२' जहाज ग्राउन्डेड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २४ शुक्रबार १८:४०:००

नेपाल वायुसेवा निगमका तीन वटा 'वाइ १२' जहाज ग्राउन्डेड भएका छन् । एउटा वाइ १२ मात्र उडिरहेको छ । निगमका अधिकारी भने ती जहाज पालैपालो उड्ने गरेको र अहिले सबै जहाजको डिमान्ड पनि नभएको बताउँछन् ।

लामो समयसम्म जहाज ग्राउन्डेड हुनुको कारण प्राविधिक गडबडी रहेको बताउँदै आएका छन्, निगमका सरोकारवाला । ती जहाज समयमै उड्ने बनाउनका लागि पहल भइरहेको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् ।

आन्तरिक उडानका लागि निगमसँग हाल चार वटा 'वाइ १२' र दुई वटा एमए ६० लगायत ६ वटा चिनियाँ र तीन वटा ट्विनअटर जहाज छन् । ती तीन वटै 'वाइ १२' जहाज आएदेखि नियमित उडानसमेत गरेका छैनन् । त्यस्तैगरी निगमका दुईमध्ये एउटा एमए ६० जहाज पनि विगत चार वर्षदेखि ग्राउन्डेड छ ।