मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
२०७६ माघ २४ शुक्रबार १७:१५:००
Read Time : < 1 मिनेट
समाचार

आफताव आलमको मुद्दामा उच्च अदालतमा बहस सकियो 

Read Time : < 1 मिनेट
२०७६ माघ २४ शुक्रबार १७:१५:००

रौतहट बमकाण्डको मुख्य अभियुक्त पुर्वमन्त्री मोहमद आफताव आलमको मुद्दामा शुक्रबार जनकपुर उच्च अदालतको वीरगञ्ज इजलाशमा बहस सकिएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय डिल्लीराज आचार्य र सत्यमोहन थारुको संयुक्त इजलासमा बिहीबारदेखि बहस भएको हो ।

रौतहट जिल्ला अदालतले पूर्पक्षका लागि आलमलाई थुनामा राख्ने आदेश दिएको थियो । सो आदेशविरुद्ध आलमले उच्च अदालतमा निवेदन दिएका थिए । 

उच्च अदालतले आलमलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गर्ने, धरौटी माग्ने वा साधारण तारिखमा छाड्ने आदेश दिन्छ । 

२७ चैत ०६४ को संविधानसभा चुनावका बेला उनको घरमा बम बनाउँदै गर्दा विस्फोट भएको र सो विस्फोटमा घाइते भएकालाई नजिकैको ईटा भट्टामा जलाएर मारेको अरोप उनीमाथि छ । 

रौटहट जिल्ला अदालतले २९ कात्तिक २०७६ मा आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सुनाएको थियो । जिल्ला अदालतको आदेशपछि आलमलाई नख्खु कारागारमा राखिएको छ । 

उच्च अदालतमा आलम पक्षका कानुन ब्यावसायीहरु वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताहरु सुधीरकुमार कर्ण, रामेश्वर सेढाई र विनय सिंहले बहस गरेका थिए ।

पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता युवराज संगौला, पुष्पराज पौडेल र किशोर विष्टले बहस गरेका थिए ।