मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
झाङ सुहुवा
२०७६ माघ २४ शुक्रबार ०८:१३:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

कोरोना नियन्त्रणमा शासकीय स्वरूपको के दोष ?

Read Time : > 1 मिनेट
झाङ सुहुवा
२०७६ माघ २४ शुक्रबार ०८:१३:००

नितान्त नौलो कोरोना भाइरस चीनमा द्रुत रूपमा फैलिनुमा यहाँको राजनीतिक प्रणालीको कुनै दोष छैन

नोवल कोरोना भाइरसलाई फैलिन नदिन चीनले कुनै कसर बाँकी राखेको छैन । यद्यपि केही पश्चिमी सञ्चारले चीनको शासकीय स्वरूप नै कोरोना नियन्त्रणअनुकूल नभएको आरोप लगाइरहेका छन् । जनवरी अन्त्यतिर न्युयोर्क टाइम्सले समेत यही आशयको लेख छापेको थियो । 

कोरोना भाइरस नितान्त नौलो हो । यसको खतरा सबै मुलुकलाई छ, चाहे त्यहाँ जस्तोसुकै शासकीय व्यवस्था किन नहोस् । सन् २०१९ को अन्त्यतिर देखापरेको कोरोना तीव्र रूपले फैलिरहेको छ । वैज्ञानिकलाई यसको संक्रमणको प्रक्रिया बुझ्न अझै थप समय लाग्न सक्छ । यसमा शासकीय स्वरूपको कुनै हात रहँदैन । सन् २००९ को एचवान एनवान फ्लुका कारण अमेरिकामा ५० मिलियन अमेरिकी प्रभावित भएका थिए र १० हजारको मृत्यु भएको थियो । 

कोरोना भाइरस त्यतिवेला देखियो, जतिवेला चिनियाँ नयाँ वर्ष लागेको थियो र लाखौँ मानिस स्प्रिङ फेस्टिभलमा बिदा मनाइरहेका थिए । त्यत्रो चिनियाँ जनसागरको आवतजावतको घुइँचो अन्य पश्चिमी मुलुकवासीले अन्दाजै गर्न सक्दैनन् ।  खासमा यो नै द्रुत रूपमा कोरोना फैलिनुको कारण हो, यसमा चीनको राजनीतिक प्रणालीको कुनै दोष छैन । वास्तवमा चीन सरकारले अभूतपूर्व रूपमा यसको सामना गरिरहेको छ । जब कोरोना भाइरसबारे पक्का भयो, यसले सिंगो विश्वलाई इमानदारीपूर्वक खबर ग¥यो । चिनियाँ वैज्ञानिकले गरेको कोरोना भाइरसको अनुसन्धानले अहिले विश्वमै मान्यता पाएको छ । यो नयाँ भाइरसले सिंगो मानव जातिलाई नै चुनौती दिएको छ । यसलाई सुझबुझसाथ समाधान गर्न चीनले विश्वकै नेतृत्व लिइरहेको छ ।

सबै मुलुकमा संकट आउँछन् । चीन कोरोना भाइरससँग लड्दै छ, अस्ट्रेलियालाई डढेलोले खाइरहेको छ । २००९ मा अमेरिका फ्लुबाट आक्रान्त थियो । तर, यस्ता संकटसँग जुध्न चीनसँग विशिष्ट विशेषता छन् । चीनले यस्ता संकट सामना गर्न धेरै विभागीय प्रक्रियामा अल्झिरहनुपर्दैन । मुख्य काममा केन्द्रित हुँदै सीधै समस्या सुल्झाउन सक्छ । १० दिनमा हुसेन्सान हस्पिटल निर्माणले नै चीनकोे गति र सामथ्र्य छर्लंग पार्छ । हो, भाइरस अहिले चीनको केन्द्रीय र स्थानीय दुवै सरकारका लागि ठूलो चुनौती बनेको छ । यसले नयाँ वर्ष खल्लो पारेको छ । चिनियाँमा निराशा ल्याएको छ ।

चिनियाँ नागरिकको बहिर्गमन रोक्नु भनेको यो भाइरस अन्य मुलुकमा फैलन नदिनु हो, विषम परिस्थितिमा ठूला मुलुकको भूमिका कस्तो हुनुपर्छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो 

यो मुलुकले संकटको समुचित सामना गर्दै आफ्नो स्थानीय सरकार र संरचनाको विशिष्टता फेरि प्रमाणित गर्नेछ । चीनले सूचना र प्रतिक्रिया संकलन गर्दै आवश्यक निर्णय लिई सुधार गर्नुपर्नेछ । यसले यो प्रतिकूलतालाई सरकारको क्षमता उजागर गर्ने अनुकूलतामा बदल्नुपर्छ । चीन सरकारले भाइरस नियन्त्रण गर्न आफ्नो सम्पूर्ण शक्ति खर्चेको छ । भरपूर प्रयास गरेको छ । सहरहरू सिल गरिएका छन् । प्रभावित जनता र तिनको सम्पर्कमा आएकालाई एकान्तमा राखेर उपचार गरिरहेको छ । बिदा थप गरिएको छ । आवश्यक सूचना प्रवाह गरिएको छ । रातारात हस्पिटल निर्माण गरिएको छ । सिंगो मुलुकभरि सजगता अपनाइएको छ । 

आन्तरिक र बाह्य आवागमन रोकिएको छ । मौद्रिक कारोबार रोकिँदा राष्ट्रलाई ठूलो आर्थिक घाटा भइरहेको छ । चिनियाँ नागरिकको बहिर्गमन रोक्नु भनेको यो भाइरस अन्य मुलुकमा फैलन नदिनु हो । विषम परिस्थितिमा ठूला मुलुकको भूमिका कस्तो हुनुपर्छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो ।  डब्लुएचओका डाइरेक्टर जनरल तेद्रोस अदानन गेब्रेएसुसले चीन सरकारले कोरोनाविरुद्ध चालेको कदमको सराहना गरिसकेका छन् । यस्ता नयाँ भाइरसको संकट सामना गर्न सबै मुलुक जागरुक र क्रियाशील हुनुपर्छ । किनकि, यो आकस्मिक आइपर्ने अन्तर्राष्ट्रिय चुनौती हो ।

(सुहुवा चाइनिज एकेडमी अफ सोसल साइन्सअन्तर्गत इन्स्टिच्युडट अफ पोलिटिकल साइन्सका निर्देशक हुन्) ग्लोबल टाइम्स डटकमबाट