मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ २३ बिहीबार १७:१८:००
Read Time : < 1 मिनेट
समाचार

नेकपाका महासचिव विष्णु पौडेलको छोरालाई जोगाएको भन्दै कांग्रेसले सोध्याे प्रश्न !

Read Time : < 1 मिनेट
२०७६ माघ २३ बिहीबार १७:१८:००

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बालुवाटार जग्गा प्रकरणमा सरकारले आफ्नालाई जोगाउने र अर्कालाई फसाउने दुस्साहस गरेको आरोप लगाएको छ ।पार्टी मुख्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले यस्तो धारणा सार्वजनिक गरेको हो ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारी हिनामिना गर्ने विषयमा सरकारले आफ्नालाई जोगाउने र अर्कालाई फसाउने रणनीति लिएको बताए । एउटै मुद्दामा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिने तर, पूर्व मन्त्री तथा सांसद विजयकुमार गच्छदारविरूद्ध मुद्दा चलाउनुले सरकार बदनियतपूर्ण रहेकाे उनकाे भनाइ छ ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेलमाथि मुद्दा नचलाइनु तर सोही प्रकृतिको मुद्दामा अरूलाई समेटिएकाेमा प्रवक्ता शर्माले राज्यको प्रभावमा निर्णय भएकाे आरोप लगाए । 'सरकारले संवैधानिक आयोगलाई प्रभावित पार्ने गरी गरेकाे निर्णय गम्भिर छ’, शर्माले भने । यस विषयमा कांग्रेस गम्भिर रहेको उनले बताए । 

राजनीतिक प्रतिशोध र सरकारको पूर्वाग्रहमा कांग्रेस नेता गच्छदारविरूद्ध मुद्दा दायर गरेको भन्दै कांग्रेसका सांसदहरूको प्रदर्शनका कारण बिहीबार बसेको प्रतिनिधिसभा बैठक स्थगित भएकाे थियाे ।