मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २३ बिहीबार १६:४२:००
Read Time : < 1 मिनेट
समाचार

बालुवाटार जग्गा प्रकरणका दोषीमाथि सरकार पूर्वाग्राही भएको होइन : मन्त्री बास्कोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २३ बिहीबार १६:४२:००

सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ललिता निवास जग्गा प्रकरणका दोषीमाथि सरकार पूर्वाग्राही नभएको स्पष्ट पारेका छन् । उनले भ्रष्टाचारको सुचना बाहिर आएपछि एक सय ७५ जनालाई कारवाही गरिएको बताए । 

मन्त्रिपरिषद्ले गरेकाे निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तथा सरकारका प्रवक्ता बास्कोटोले सरकारले वा पार्टीले विजयकुमार गच्छदारलाई आग्रह–पूर्वाग्रहले नभएर प्रमाणकाे आधारमा कारवाही गरेकाे प्रष्ट पारे । प्रकरणमा देखिएका १ सय ७५ जना दोषीलाई अख्तियारले मुद्दा दायर गरेकाले यसमा सरकारले आग्रह, पूर्वाग्रह नराखेको उनले बताए ।

‘नक्कली जग्गाको नक्कली डिजाइन बनाउने र त्यही निर्णयको आधारमा कारोबार गरेको विषयमा मुद्दा अदालतमा छ । अदालतले जे निर्णय गर्छ, सरकारले त्यसैअनुसार कारवाही गर्छ,’ बास्कोटाले भने, ‘यसमा कुनै आग्रह, पूर्वाग्रह जोडिएको छैन ।’

बालुवाटार जग्गा प्रकरणमा राजनीति प्रतिशोध र सरकारको प्रभावमा नेता गच्छदारलाई कारवाही भएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले आजको प्रतिनिधिसभा बैठक अवरोध गरेका छन् ।