मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २३ बिहीबार १५:५५:००
Read Time : < 1 मिनेट
समाचार

चीनका नेपालीप्रति सरकार गम्भीर छ : मन्त्री बास्काेटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २३ बिहीबार १५:५५:००

सञ्चार तथा सुचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले चीनमा रहेका नेपालीबारे सरकार गम्भीर रहेको बताएका छन् । चीनमा अध्ययनरत र कामका सिलसिलामा पुगेका नेपालीलाई सबै प्रवन्ध मिलाएर नेपाल ल्याउने तयारी सरकारले गरिरहेको उनले बताए । 

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बास्कोटोले यस्तो बताएका हुन् । ‘हाम्रोमा मान्छेले काम गर्नुपर्छ, उनीहरु रोबर्र्टलाई लगाइरहेका छन् । हामीसँग पुँजी छ तर टेक्नोलोजी छैन । त्यसैले यहाँका नागरिकलाई हामी आग्रह गर्दछौं– त्यहाँ सुरक्षित छन्, यहाँ ल्याउँदा झन् खतरा हुन्छ भन्ने हल्ला नफैलाउन म आग्रह गर्छु । चीनमा एक्लै रहेका नेपाली नागरिकप्रति सरकार जिम्मेवार र गम्भीर छ,’ मन्त्री तथा प्रवक्ता बास्कोटाले भने ।