१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २३ बिहीबार १५:४३:००
Read Time : > 1 मिनेट
विश्व

विश्वकाे महंगो देशको शीर्ष स्थानमा स्विजरल्याण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २३ बिहीबार १५:४३:००

सिइओ वर्ल्ड म्यागेजिनको रिपोर्टअनुसार स्विजरल्याण्ड विश्वको सबैभन्दा महंगो देश बनेको छ । यससँगै विश्वको सबैभन्दा महंगो शीर्ष २० देशहरू बढी मात्रामा युरोपका रहेका छन् । जसमा ९ वटा युरोप, पाँच वटा एसिया, एउटा दक्षिण अमेरिका, एउटा अफ्रिकाका रहेका छन् । 

रिपोर्टले जनाएअनुसार महंगो देशमा नर्वे दोस्रो स्थानमा रहेको छ । यस्तै आइसल्याण्ड तेस्रो, जापान चौथो, डेनमार्क पाँचौ, बहामस छटौ, लक्जम्बर्ग सातौ, इजारायल आठौ र सिंगापुर नवौ र दक्षिण कोरिया दसौ स्थानमा रहेको छ । विश्वको महंगो देशमा अमेरिका २० औँ स्थानमा रहेको छ भने बेलायत २७ औँ स्थानमा रहेको छ । साउदी अरेबिया ५७ औँ र रूस ८२ औँ स्थानमा रहेको उल्लेख गरिएको छ ।

यसमध्ये स्विजरल्याण्डले सबैभन्दा बढी १ सय २२.४ अंक प्राप्त गरेको छ । नर्वेले एक सय १.३, आइसल्याण्डले सय, जापानले ८३.३५, डेनमार्कले ८३ अंक पाएका छन् । अमेरिकाले ७१ अंक प्राप्त गर्दा बेलायतले ६७ अंक पाएको छ । 

म्यागेजिनले रिपोर्ट तयार बनाउनका लागि उपभोक्ताले खर्च गर्ने मूल्य, नागरिक बस्ने सुचांकको लागतलगायत विषयलाई लिएको थियो । यस्तै नागरिकले प्रयोग गर्ने कपडा, ट्याक्सी भाडा, इन्टरनेट, यातायात, खाना जस्ता विषयमा अध्ययन गरिएको थियो । जसमा मुख्य पाँच विषयमा गहन अध्ययन गरिएको थियो ।

विश्वको सबैभन्दा सस्तो देशका रूपमा पाकिस्तान रहेको छ । उसले जम्मा २२ नम्बर पाएको छ । यस्तै अफगानिस्तानले २४.२४ अंक प्राप्त गर्दा भारतले २४.५८ अंक पाएको छ । रिपोर्टले पाकिस्तानलाई १३२ औँ स्थानमा राखेको छ भने अफगानिस्तानलाई १३१ औँ स्थान र भारतलाई १३० औँ स्थानमा राखिएको छ । रिपोर्टका अनुसार नेपाल १ सय २२ औँ स्थानमा रहेको छ । यसका आधारमा भारतभन्दा नेपाल ८ स्थान अगाडि रहेको छ । एजेन्सी