मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ २२ बुधबार १६:५३:००
Read Time : < 1 मिनेट
समाचार

बाबुरामको चिन्ता : गणतन्त्र स्मारकलाई राज्यले महत्व दिएन

Read Time : < 1 मिनेट
२०७६ माघ २२ बुधबार १६:५३:००

समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गणतन्त्र स्मारकलाई राज्यले महत्व नदिएको बताएका छन् । 

नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्मित गणतन्त्र स्मारकको बुधबार अवलोकन गर्दै बाबुरामले भने, ‘‘युगौंयुगसम्म रहने देशको इतिहास र गौरवको प्रतीक यस्ता स्मारकहरूलाई राज्यले महत्व दिएको देखिएन ।’

गणतन्त्र स्मारकको दयनीय अवस्था देखेर उनले गणतन्त्र स्तम्भ बन्ने सुरसारै नभएको बताए । बाबुरामले सेनालाई अन्यत्रै सारेर गणतन्त्र स्मारक र स्तम्भ एकै ठाउँ नारायणीमा बनाउनुपर्ने पनि बताएका छन् ।