मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ २२ बुधबार १५:३६:००
Read Time : < 1 मिनेट
खेलकुद

कप्तान र पूर्वकप्तानको जम्मा चार रन, नेपाल दबाबमा

Read Time : < 1 मिनेट
२०७६ माघ २२ बुधबार १५:३६:००

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले प्रस्तुत गरेको मध्यम लक्ष्य पक्ष्याएको नेपाल संकटमा परेको छ । १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल २४ ओभरमा ७४(५ को कमजोर अवस्थामा रहेको छ ।

आइसिसी विश्वकप २ को त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानविरुद्ध मध्यम लक्ष्य पछ्याएको नेपालको खेल धरमराएको छ । टस जितेर बलिङ रोजेको नेपालले एक सय ९८ रनको लक्ष्य पाएको छ । ५० ओभरमा ओमानले ९ विकेटको क्षतिमा सो योगफल बनाएको थियो ।

नेपालका दुई ओपनर पूर्वकप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल सस्तैमा समेटिएपछि नेपालको पालि संकटमा परेको हो । ज्ञानेन्द्र १ र पारस ३ रनमा क्याच आउट हुन पुगे । तेस्रो विकेटका लागि ६२ रनको कीर्तिमानी साझेदारी गर्दै शरदले इनिङ उकासेका छन् । त्यस्तै खवर अलीकाे बलमा सन्दीप गाैडबाट विनाेद भण्डारी क्याच आउट हुन पुगे । 

कलीमुल्लाहको चौथो ओभरको पाँचौ  ज्ञानेन्द्र मोहम्मद नदीमबाट क्याच हुन पुगे भने बिलाल खानको पाँचौ ओभरको तेस्रो बलमा पारस विकेटकिपर सुरज कुमारबाट क्याच आउट हुन पुगेका थिए । त्यसैगरी करन केसी शून्य रनमा क्याच आउट हुन पुगेका छन् ।

नेपालले ताजा अवस्थमा ३६ ओभरमा ७ विकेटको क्षतिमा एक सय २३ रन बनाएको छ । शरद भेषवाकर ६२ बलमा ३५ रन बनाएर खेलिरहेका छन् भने सन्दीप लामिछाने आएका छन् ।