मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ २१ मंगलबार १७:३२:००
Read Time : < 1 मिनेट
सप्तरंग

‘प्रेमगीत ३’ को ‘हात्ती ढुंगामा’ गीत सार्वजनिक

Read Time : < 1 मिनेट
२०७६ माघ २१ मंगलबार १७:३२:००

आशुसेन फिल्म्सद्वारा निर्मित फिल्म ‘प्रेमगीत ३’ को पहिलो गीत ‘हात्ती ढुंगामा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रदीप खड्का, क्रिस्टिना गुरुङका साथै सुनिल थापा फिचर्ड छन् ।

हर्क साउदको शब्द रहेको गीतमा सागर आले र मेलिना राईको स्वर रहेको छ । संगीत भने कल्याण सिंहले भरेका छन् । गीतको भिडियो नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन्। जुन फिल्मको लब स्टोरीमा आधारित छ ।

फिल्मलाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त लगानीमा निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप खड्काका साथै नवनायिका गुरुङ, सुनिल थापा, सन्तोष सेन आदिको भूमिका देख्न सकिन्छ । फिल्म २८ चैतबाट रिलिज हुने छ ।