Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ३ बिहीबार २०:३९:००
Read Time : > 1 मिनेट
समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक भर्ना शुक्रबारबाट सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ३ बिहीबार २०:३९:००

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि सबै स्थानीय तहमा रोजगार संयोजक भर्ना प्रक्रिया सुरु गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्ने भएको छ ।

मन्त्रिपरिषद्ले रोजगार संयोजक नियुक्तिका लागि दरवन्दी र रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड २०७५ स्वीकृत गरिसकेपछि मन्त्रालयले भर्ना प्रक्रिया अघि बढाएको हो । मन्त्रालयका  सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रम प्रमुख प्रकाश दाहालले एक वर्षका लागि करारमा रोजगार संयोजक भर्ना गर्ने गरि शुक्रबारदेखि दरखास्त आह्वानको सूचना प्रकाशित गरिने जानकारी दिए ।

मन्त्रालयले १० हजार भन्दा कम जनसंख्या भएका ४८ वटा स्थानीय तहमा राजपत्रअंकित प्रथम श्रेणी (नासु सरह)को र १० हजार भन्दा बढी जनसंख्या भएका बाँकी स्थानीय तहमा शाखा अधिकृत सरहको दरबन्दी सृजना गरेको छ । स्वीकृत दरबन्दीमा शुक्रबारदेखि अनलाइन फारम भर्ने व्यवस्था सहितको कम्युटर प्रणालीको विकास गरिएको छ । इच्छुक उम्मेदवार आफैले अनलाईन फारम भर्न सक्नेछन् । मन्त्रालयले लोकसेवा आयोगले तोकेको शैक्षिक योग्यताकै आधारमा संयोजक भर्ना गर्न लागेको हो । 

रोजगार व्यवस्थापन सूचना प्रणाली भएकाले मन्त्रालयले सामान्य कम्युटर प्रणालीबारेको शिक्षालाई अनिवार्य बनाएको छ । रोजगार संयोजक छनौट तीन चरणमा गरिने र सबै चरण कम्युटर प्रणालीबाट गरिने भएको छ । न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रमा प्राप्त गरेको प्रतिशतबापत ७० अंक, माथिल्लो तहको शैक्षिक योग्यता बापत थप २० प्रतिशत, २ वर्ष भन्दा बढी अनुभव भएकालाई थप १० प्रतिशत अंक दिइने छ । पहिलो चरणमा सबै मापदण्ड अनुसार सफ्टवेयर प्रणालीबाट प्रत्येक स्थानीय तहमा ३ जनाको दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिस्टमा निकालिने छ । 

त्यसपछि २५ वटा बहुबैकल्पिक प्रश्न राखेर सर्टलिस्टमा छानिएका उम्मेदवारको अनलाईन मार्फत कम्युटर ज्ञानको परीक्षा लिईने छ । कम्युटर ज्ञानको नतिजा पनि सफ्टवेयर मार्फत नै तत्काल निस्कने मन्त्रालयले जनाएको छ । मन्त्रालयले फागुन भित्र सबै प्रक्रिया पुरा गरि रोजगार संयोजक नियुक्ति गरिसक्ने र १ चैत्रबाट बेरोजगारहरुको सुचीकृत गर्ने काम सुरु हुने दाबी छ । रोजगार संयोजकले वेरोजगार, रोजगारदाता, रोजगार दिने संस्था लगायतको सूचना संकलन गर्ने छन्  । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।