Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २० सोमबार १३:०१:००
Read Time : < 1 मिनेट
समाचार

नेपाल चिकित्सक संघको चुनावमा मतदान जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २० सोमबार १३:०१:००

नेपाल चिकित्सक संघको २८ औं कार्यकारिणी समितिका लागि सोमबार पनि मतदान जारी छ ।

संघको केन्द्रीय कार्यालय काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनिमार्गमा पाँच दिनका लागि मतदान तय भए अनुसार चौथो दिन सोमबार पनि मतदान जारी रहेको केन्द्रीय निर्वाचन अधिकृत डा. योभिनकुमार यादवले बताए । यादवले दुईचरणमा निर्वाचन गरिएको र पहिलो चरणमा उपत्यका बाहिरका १६ वटै शाखामा आइतबार नै मतदान सम्पन्न भइसकेको बताए ।

पहिलो चरणमा तीन दिनसम्म भएको मतदानमा कुल २ हजार ८ सय ५१ मत खसेको उनले जानकारी दिए । उनका अनुसार दोस्रो चरण अन्तर्गत उपत्यकामा भएको मतदानको तेस्रो दिन आइतबारसम्म १ हजार १ सय ६१ मत खसेको छ । संघको चुनावमा कुल १३ पदका लागि दुई प्यानल मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूह तर्फ डा. लोचन कार्कीको समूह र प्रगतिशील समूह तर्फ डा. पुष्पमणि खरालको समूह निर्वाचनमा होमिएका छन् । त्यस्तै महासचिवमा २ जना र सदस्यमा २ जना चिकित्सकले स्वतन्त्र उमेदवारी रहेको यादवले बताए ।

चिकित्सक संघमा कुल ९ हजार ९ सय १६ मतदाता छन् । मतदान सम्पन्न भएपछि मात्र मतगणना सुरु हुने यादवले जानकारी दिए । मतदान मंगलबारसम्म जारी रहने छ ।