हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते
बर्दियाको भारतीय सिमावर्ती जंगलमा गोठालो गएका एक जनाकाे हात्ती आक्रमणमा परि मृत्यु भएको छ । मृत्यु हुनेमा राजापुर नगरपालिका १० भगतपुरका ४९ बर्षिय लक्ष्मीप्रसाद चौधरी रहेका छन् । उनीसँगै घाँस दाउरा लिन गएकी सोही ठाउँ निवासी ३९ बर्षिया उमा चौधरी घाईते भएकी छन् ।
विहान ११ बजे भारतीय सिमावर्ती जंगलमा ७ जनाको टोली गएको थियो । जंगलबाट फर्कने क्रममा उनीहरु हात्तीको आक्रमणमा परेको घाइते चौधरीले बताइन ।
जंगलमा हात्तीको आक्रमणमा परि घाइते भएका लक्ष्मीप्रसादलाई नेपालतर्फ ल्याउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि कैलालीको टिकापुर पठाइएको छ ।
राजापुर प्रथामिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएकाले टिकापुर पठाईएको प्रहरी उपरीक्षक खड्काले बताए । बर्दियाका भारतीय सीमा क्षेत्रसँग जोडिएका गाउँबाट स्थानीयहरु घाँस दाउरा काट्न र गाई भैसी चराउन भारतीय सिमावर्ती जंगलमा जाने गर्दछन् ।